काठमाडौँ। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् । काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फकिर्एको छ । सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौँ फर्किएको छ ।
मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली रहनाका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १३:१८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...
चैत्र ५ गते, २०८२ - १३:०९
धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ । बुधबार राति ना ६ ख ७७८ नम्बरक...
चैत्र ५ गते, २०८२ - १२:५९
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...
चैत्र ५ गते, २०८२ - १२:२६
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...
चैत्र ५ गते, २०८२ - १२:१०
काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ। ...
चैत्र ५ गते, २०८२ - ११:२०
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले बिहीबार ...
चैत्र ५ गते, २०८२ - १०:५५
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले सार्वजनिक गरेको मूल्...
चैत्र ५ गते, २०८२ - १०:३७
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...
चैत्र ५ गते, २०८२ - १०:१५
गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...
चैत्र ५ गते, २०८२ - ०९:५७
सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...


प्रतिकृया लेख्नुहोस्: