ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकलाई एक साताभित्र खाल्टाखुल्टी रहित बनाइसक्ने दाबी उनले गरे ।
उनले अहिले देशभरि करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी गराए। चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भनेर दसैँ अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको मन्त्री दाहालले बताए।
‘‘दसैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिएको छ । चाडपर्वमा सवारी आवागमन चाप बढ्ने भएकाले सडकलाई खाल्टाखुल्टी रहित बनाउन लक्षित गरी काम गरिरहेका छौँ । त्यसमा हाम्रो जिम्मामा रहेका जति पनि सडकहरू छन् त्यसको मर्मत सम्भार पहिलो प्राथमिकता राखेका छौँ ।,’’ उनले भने ‘‘निर्माणाधीन सडकहरूको सन्दर्भमा ठेक्का पाएका निर्माण कम्पनीलाई बाटो सहज बनाउन निर्देशनसमेत गरिएको छ । त्यसमा सञ्चारकर्मीले पनि सकारात्मक कोणबाट सडकको अवस्थाबारे औँल्याएदिए सहयोग पुग्ने छ ।’’
आयोजित पत्रकार सम्मेलनमा मधेशको प्रसङ्ग जोड्दै मन्त्री दाहालले मधेश समृद्ध नहुञ्जेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । देशको समृद्धि मधेशसँग जोडिएका बताउनुहुँदै उनले भने, “मधेशमा ठुलो सङ्ख्यामा जनताको बसोबास छ । यहाँको जनताको समृद्धि नै नेपालको समृद्धि जोडिएको विषय हो । त्यस कारण मधेशलाई व्यवस्थित बनाउनका लागि थुप्रै योजनाका कामहरू भइरहेको छ ।’’ हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको उनको भनाइ छ ।
रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समस्यादेखि देखिएको उल्लेख गर्दै उनले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समस्या समाधानका उपाय खोजिने उनले बताए। यहाँ भौतिक पूर्वाधारका क्षेत्रमा भएका तथा हुन लागेका कामहरूको सन्दर्भमा के कस्तो भइरहेको छ भनेर त्यसको अध्ययनका लागि मधेश भ्रमणको सुरु यहीँबाट सुरु गरिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: