Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुने

खबरडबली संवाददाता

न्यूयोर्क । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ । 

जेलेन्स्कीले एक दिनअघि पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता भएको थियो । नेताद्वयले किएभको युद्धलाई समर्थन गर्ने वचन दिएका थिए । जेलेन्स्कीले द्वन्द्व अन्त्यका लागि ‘सम्झौता गर्न नमानेको’ आरोप लगाएका ट्रम्पले न्युयोर्कस्थित ट्रम्प टावरको गगनचुम्बी भवनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ बजे भेट हुने बताएका छन् । 

जेलेन्स्कीले न्युयोर्कर पत्रिकालाई दिएको टिप्पणीबाट ट्रम्प रुष्ट भएपछि अमेरिकी सञ्चारमाध्यमले यसअघि नै उक्त बैठक अघि नबढ्ने बताएका थिए । जेलेन्स्किीले उक्त पत्रिकासँग युद्ध कसरी रोक्ने भन्नेबारे रिपब्लिकन पार्टीलाई वास्तविक ज्ञान नभएको बताएको थियो । ट्रम्पले बुधबार नर्थ क्यारोलिनामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै भनेको थियो, “सम्झौता गर्न इन्कार गर्ने व्यक्ति जेलेन्स्कीलाई हामी अरबौं डलर दिइरहेका छौं ।”

जेलेन्स्की यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा छन् । उनले मस्कोको आक्रमणको तेस्रो वर्षमा युद्धभूमिमा सङ्घर्ष गरिरहेको आफ्नो देशको युद्धको लागि समर्थन सहयोग बढाउने अभियानलाई जारी राखेको छ । युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिससमक्ष उनकै शब्दमा ‘विजय’ योजना प्रस्तुत गरेको थियो भने बाइडेनले किएभका लागि करिब आठ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको थियो । 

सहायता प्याकेजको घोषणाका समय जेलेन्स्कीको छेउमा उभिएकी ह्यारिसले नाम उच्चारण नगरिकन ट्रम्पलाई सङ्केत गर्दै भने, “मेरो देशमा केही यस्ता व्यक्ति छन् जसले युक्रेनलाई आफ्नो सार्वभौम भूमिको ठूलो हिस्सा छोड्न बाध्य पार्नेछन् ।” बाइडेनले जेलेन्स्कीसँगको छुट्टै भेटमा सन् २०२२ को फेब्रुअरीमा रूसले सुरु गरेको युद्धमा ‘रूसको विजय नहुने’ बताएको थियो । 

आफ्नो ट्रेडमार्क सैन्य शैलीको पहिरनमा सजिएका जेलेन्स्कीले भने, “हामी युक्रेनी र अमेरिका सँगसँगै उभिएका छौ र यसका लागि खुशी पनि छौँ ।” यद्यपि, नोभेम्बरमा हुने अमेरिकी चुनावले युक्रेनलाई उसको सबैभन्दा ठूलो समर्थकबाट प्राप्त समर्थनलाई कसरी उकास्न सक्छ भन्ने कुरा ट्रम्पसँगको विवादले उनको भ्रमणलाई धुमिल बनाएको छ । 

ट्रम्पले लामो समयदेखि युक्रेनका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको अर्बौं डलरको सहयोगको आलोचना गर्दै आएका छन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा एक र्‍यालीमा रूसले हिटलरलाई हराएकाले युक्रेनले जित्न नसक्ने बताएको थियो । 

जेलेन्स्कीले बाइडेनको गृहनगर पेन्सिलभेनियामा रहेको हतियार कारखानाको भ्रमण गरेपछि आक्रोशित रिपब्लिकनहरूले पक्षपातपूर्ण राजनीतिक कार्यक्रम आयोजना गरेको भन्दै युक्रेनी राजदूतलाई बर्खास्त गर्न युक्रेनसँग माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न ९ बुँदे निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार...

झ्याप्ले खोला अपडेट: मृतकको संख्या १४ पुग्यो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ ।  शनिबार बिहान आएको पहिरोले...

बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

इजरायल । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्...

न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलस...

झ्याप्ले खोला अपडेट: पहिरो खोतल्दा पाँचजनाकाे शव भेटियो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पाँचजनाको शव भेटिएको छ । सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरेको थियो । पहिरो...

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएक...

काभ्रेपलाञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनि...

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन मन्त्री पौडेलकाे निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथ...

सोलुखुम्बुको टाप्टिङ पहिरोमा पुरिएर दुई जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।  सोलुखुम्बुको सोलुदुधकुण्ड न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy