न्यूयोर्क । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।
जेलेन्स्कीले एक दिनअघि पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता भएको थियो । नेताद्वयले किएभको युद्धलाई समर्थन गर्ने वचन दिएका थिए । जेलेन्स्कीले द्वन्द्व अन्त्यका लागि ‘सम्झौता गर्न नमानेको’ आरोप लगाएका ट्रम्पले न्युयोर्कस्थित ट्रम्प टावरको गगनचुम्बी भवनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ बजे भेट हुने बताएका छन् ।
जेलेन्स्कीले न्युयोर्कर पत्रिकालाई दिएको टिप्पणीबाट ट्रम्प रुष्ट भएपछि अमेरिकी सञ्चारमाध्यमले यसअघि नै उक्त बैठक अघि नबढ्ने बताएका थिए । जेलेन्स्किीले उक्त पत्रिकासँग युद्ध कसरी रोक्ने भन्नेबारे रिपब्लिकन पार्टीलाई वास्तविक ज्ञान नभएको बताएको थियो । ट्रम्पले बुधबार नर्थ क्यारोलिनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै भनेको थियो, “सम्झौता गर्न इन्कार गर्ने व्यक्ति जेलेन्स्कीलाई हामी अरबौं डलर दिइरहेका छौं ।”
जेलेन्स्की यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा छन् । उनले मस्कोको आक्रमणको तेस्रो वर्षमा युद्धभूमिमा सङ्घर्ष गरिरहेको आफ्नो देशको युद्धको लागि समर्थन सहयोग बढाउने अभियानलाई जारी राखेको छ । युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिससमक्ष उनकै शब्दमा ‘विजय’ योजना प्रस्तुत गरेको थियो भने बाइडेनले किएभका लागि करिब आठ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको थियो ।
सहायता प्याकेजको घोषणाका समय जेलेन्स्कीको छेउमा उभिएकी ह्यारिसले नाम उच्चारण नगरिकन ट्रम्पलाई सङ्केत गर्दै भने, “मेरो देशमा केही यस्ता व्यक्ति छन् जसले युक्रेनलाई आफ्नो सार्वभौम भूमिको ठूलो हिस्सा छोड्न बाध्य पार्नेछन् ।” बाइडेनले जेलेन्स्कीसँगको छुट्टै भेटमा सन् २०२२ को फेब्रुअरीमा रूसले सुरु गरेको युद्धमा ‘रूसको विजय नहुने’ बताएको थियो ।
आफ्नो ट्रेडमार्क सैन्य शैलीको पहिरनमा सजिएका जेलेन्स्कीले भने, “हामी युक्रेनी र अमेरिका सँगसँगै उभिएका छौ र यसका लागि खुशी पनि छौँ ।” यद्यपि, नोभेम्बरमा हुने अमेरिकी चुनावले युक्रेनलाई उसको सबैभन्दा ठूलो समर्थकबाट प्राप्त समर्थनलाई कसरी उकास्न सक्छ भन्ने कुरा ट्रम्पसँगको विवादले उनको भ्रमणलाई धुमिल बनाएको छ ।
ट्रम्पले लामो समयदेखि युक्रेनका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको अर्बौं डलरको सहयोगको आलोचना गर्दै आएका छन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा एक र्यालीमा रूसले हिटलरलाई हराएकाले युक्रेनले जित्न नसक्ने बताएको थियो ।
जेलेन्स्कीले बाइडेनको गृहनगर पेन्सिलभेनियामा रहेको हतियार कारखानाको भ्रमण गरेपछि आक्रोशित रिपब्लिकनहरूले पक्षपातपूर्ण राजनीतिक कार्यक्रम आयोजना गरेको भन्दै युक्रेनी राजदूतलाई बर्खास्त गर्न युक्रेनसँग माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: