Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

सडक सुरक्षा र महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको हो । 

चाडपर्वहरुमा आमनागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ । नेकपा (एमाले)को तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुबारे घच्घच्याएकोमा खुशी प्रकट गरे । उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पुर्‍याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताए । 

‘‘नेपाल सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुलाई सम्झाउन र घच्घच्याउनका लागि तपाईंहरुले पत्र दिनुभएको छ । यो प्रोसेसमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने काम हामी गर्नेछौँ ।,’’ उनले भने, ‘‘यात्रामा सहज होस्, बाटोघाटो सहज होस् भन्नुभएको छ । हाम्रो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यु खाल्डो पुर्ने भनेर लागिरहनुभएको छ । स्पेशल बस सर्भिसको लागि यातायाता व्यवसायीहरुसँग कुरा गरेर काम भइरहेको छ । बजारमा गुणस्तरयुक्त सामग्री र खाद्यान्नमा निरीक्षण र अनुगमन गर्ने कुरामा हामी लागेका छौँ ।’’

ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (एमाले)का नेता एवम् केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान पर्वहरु विजयादशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरु धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । 

दसैँ र तिहारमा सङ्घीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरुबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गरे । यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए । सुरक्षा प्रबन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गरे । 

एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरुका लागि यातायातको सहज व्यवस्थापन गर्न,  सडकका होटलहरुमा पाइने खाना खाजाहरु स्वस्थ एवम् गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरुमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रण गर्न  तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरु देशभर जनपहुँचका ठाउँहरुमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थग...

इन्डोनेसियाको अवैध सुनखानीकाे पहिरोमा १५ जनाको मृत्यु

जकार्ता । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५  जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले श...

दुई महिनामा सात अर्बको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ ...

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचन...

एमाले नेतृ बराल भन्छिन्: प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा ...

कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको बर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सब...

प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्था बारे जानकारी

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध प...

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चा...

महाकालीमा खसेर बैतडीका एक मजदुर बेपत्ता

बैतडी । झुलाघाटस्थित  महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् ।  भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...

इलाममा खोलाले बगाएर एक पुरुषको मृत्यु

इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो ।  शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy