Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशालाको अस्तित्व स्वामित्व विवादले सङ्कटमा परेको छ ।  विसं १९८३ मा भारतको दरभङ्गास्थित महाराजाले हिन्दु र हिन्दुत्वको रक्षा गर्ने हेतुले गौशाला स्थापना गरेका थिए ।

राष्ट्रिय जनावर गाई सेवा तथा संरक्षणका लागि विहारको तत्कालीन प्रान्त सरकार दरभङ्गाका महाराजले नेपाललाई गौशाला उपहार दिएका थिए । त्यतिबेला दुई सय बिघा जग्गा खरिद गर्दै दरभङ्गा महाराजले एक हजार पाँच सय दुधालु गाई राखेर गौशाला नगरपालिका– ३ स्थित निगौल गाउँमा गौशाला स्थापना गरेका थिए । पछि त्यसको देखरेख, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी अञ्चलाधीश हुँदै प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको थियो । तर उनीहरुले विभिन्न कारणवश गौशालामा रहेका गाईको उचित रेखदेख, व्यवस्थापन र सञ्चालन गर्न नसकेपछि गौशालामा रहेको गाईको अवस्था दयनीय बन्यो । 

९५ वर्ष पुरानो सरकारी स्वामित्वको गौशाला अहिले सरकारी बेवास्ता, राजनीतिक दोहन र स्वामित्वको खिचातानीले लथालिङ्ग बनेको छ । गौशालामा उन्नत र स्थानीय जातका गाईका लागि सुविधायुक्त छुट्टाछुट्टै गोठ छन् । २० बिघा जग्गामा हरियो घाँस रोपिएको छ भने गोदाममा भुसा, पराल र अन्य आहारा पर्याप्त छन् । विगत १३ वर्षदेखि उक्त गौशाला राष्ट्रिय सहकारी विकास बोर्ड अन्तर्गत सञ्चालनमा छ । तर गौशालाका गाईको उचित रेखदेख, पौष्टिक आहार र उपचार हुन सकेको छैन । सहकारी बोर्डलाई गौशाला हस्तान्तरण गरेको १३ वर्ष भए पनि खासै सुधार हुन नसकेको हो । यसैबिच गौशाला नगरपालिकाले गौशाला आफ्नो स्वामित्वमा ल्याउन प्रयास गरिरहेको छ । 

गाई पालनका लागि पर्याप्त भौतिक संरचना र जनशक्ति भए पनि लगानी अनुसार दूध उत्पादन र आम्दानी हुनसकेको छैन । कर्मचारी, गोठाला, घाँस काट्ने मजदुर, गाईको आहार, औषधि उपचार, घाँसखेतीमा हुने लगानी अनुसार आम्दानी नहुँदा गौशालालाई बर्सेनि ऋणको भार थपिएको छ । गौशालाको स्वामित्वमा एक सय ४८ बिघा जग्गा छ । त्यसमध्ये ८७ बिघा दुई कट्ठा भाडामा लगाइएको छ । २० बिघा घाँसखेतीका लागि राखिएको छ । नौ बिघामा पोखरी र १० बिघामा बगैँचा छ । १० बिघा क्षेत्रफलमा कार्यालय परिसर र दुई बिघामा पुरानो गोठ फैलिएको छ । 

गौशालाको दुई बिघामा पशु हाटबजार लाग्दै आएको छ । यसैबीच गौशालाको कार्यालय परिसर, बजार र भाडामा लागेको जग्गा चौतर्फी अतिक्रमणको चपेटमा परेको छ । पर्याप्त जग्गा हुँदाहुँदै पनि घाँस र अन्य बाली व्यवस्थित रूपले लगाउन नसक्दा गाईलाई आहाराको अभाव छ । गौशालाका निमित्त कार्यालय प्रमुख वीरबहादुर चौधरीले गौशाला व्यवस्थापन भन्दा आफू अनुकूलका कर्मचारी भर्ना गरी जग्गा कब्जा, पोखरी तथा बगैँचा ठेक्कामा चलखेल, पशु बजार ठेक्काबाट लाभ लिन राजनीतिक दल र जनप्रतिनिधिबाट दोहन हुने गरेको आरोप लगाए । उनले गौशालाको खेतीयोग्य ८७ बिघा जग्गा यहाँका अगुवा नेताहरूले आफू अनुकूलका कार्यकर्तालाई बाँडेको, बजार क्षेत्रको गौशालाको जग्गामा राजनीतिक दलकै संरक्षणमा पक्की घर बनाएर जग्गा अतिक्रमण गरेको जानकारी दिए ।  गौशालाको जग्गा, पोखरी, बगैँचा र घर भाडामा लिएर पनि राजनीतिक संरक्षण पाएर लामो समयदेखि पैसा नतिरेको उनले प्रस्ट्याए । 

सोही कारण गाईलाई पौष्टिक आहार तथा दाना खुवाउनसमेत समस्या भएको निमित्त प्रमुख चौधरीले बताए । गौशालाकै जग्गामा परापूर्वकालदेखि लाग्दै आएको पशुहाट लगाइने ठेक्काको २५ प्रतिशत रकम गाई गौशालाले पाउनुपर्ने सहमति भए पनि गौशाला नगरपालिकाले रकम दिन आनाकानी गर्दै आएको छ । गौशालाको जग्गा दिनानुदिन अतिक्रमणको चपेटमा पर्दै गएकोमा नगरपालिकाबाट अतिक्रमण रोक्न पहल हुनुपर्नेमा उल्टै राजनीतिक तहबाटै अतिक्रमण गर्नेहरू संरक्षित भइरहेको दुखेसो निमित्त कार्यालय प्रमुख चौधरीको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थग...

इन्डोनेसियाको अवैध सुनखानीकाे पहिरोमा १५ जनाको मृत्यु

जकार्ता । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५  जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले श...

दुई महिनामा सात अर्बको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ ...

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचन...

एमाले नेतृ बराल भन्छिन्: प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा ...

कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको बर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सब...

प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्था बारे जानकारी

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध प...

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चा...

महाकालीमा खसेर बैतडीका एक मजदुर बेपत्ता

बैतडी । झुलाघाटस्थित  महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् ।  भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...

इलाममा खोलाले बगाएर एक पुरुषको मृत्यु

इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो ।  शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy