काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् ।
हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्-
आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ। केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने छ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १३:५७
बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...
आषाढ़ १७ गते, २०८३ - १३:४५
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...
आषाढ़ १७ गते, २०८३ - १३:३७
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...
आषाढ़ १७ गते, २०८३ - १३:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...
आषाढ़ १७ गते, २०८३ - १३:१२
पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...
आषाढ़ १७ गते, २०८३ - १२:४९
काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...
आषाढ़ १७ गते, २०८३ - १२:३६
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...
आषाढ़ १७ गते, २०८३ - १२:२०
काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...



प्रतिकृया लेख्नुहोस्: