चितवन। नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम अझै रहेको भन्दै सवारी साधान आवागमनमा रोक लगाएको हो । प्रशासकिय अधिकृत अन्तिम सिंजालीले शनिबार सूचना जारी गर्दै यस सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिनुभएको छ ।
‘‘नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सम्पूर्ण सवारी धनी एवम् यात्रुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनु हुन तथा यात्रा नगरि यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ’’, प्रशासकिय अधिकृत सिंजालीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
पहिरोको जोखिम भएपछि यस सडकखण्डमा शुक्रबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पनि सवारी आवगमनमा रोक लगाइएको थियो । तर शनिबार बिहान ठाउँ–ठाउँमा पहिरो जाँदा यस सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । पानी नरोकिएपछि सम्भावित क्षतीलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले दिउँसो देखिनै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको हो ।
शनिबार बिहान मुग्लिन नागढुङगा सडक खण्डको मौवाखोला, घोप्टेभिर, नौँ किलोलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखि रोकिएका सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।
पूर्व र पश्चिमबाट राजधानी जान लागेको सयौं सवारी साधन नारायणगढको आपटार क्षेत्रमा रोकिएका छन् । भारी वर्षाको जोखिमले शुक्रबार साँझदेखि मुग्लिनको बाटो यातायात सञ्चालनमा रोक लगाएपछि सवारी साधन नारायणगढमा रोकिएको हो । मुग्लिन नारायणगढको आधा दर्जन स्थानमा पहिरो गएको छ भने केही स्थानमा सडक भासिएको छ । आपटारी, भरातपुरको वाइसपास सडक, भरतपुर वसपार्क लगायतका स्थानमा सवारी साधन रोकिएका छन् । अझै एक दिन सवारी सञ्चालन हुन नसक्ने भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...
आषाढ़ १० गते, २०८३ - १२:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...
आषाढ़ १० गते, २०८३ - १२:४१
विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...
आषाढ़ १० गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...
आषाढ़ १० गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...
आषाढ़ १० गते, २०८३ - १०:५७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...
आषाढ़ १० गते, २०८३ - १०:४९
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...
आषाढ़ १० गते, २०८३ - १०:३६
नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...
आषाढ़ १० गते, २०८३ - १०:१५
काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...



प्रतिकृया लेख्नुहोस्: