Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

खबरडबली संवाददाता

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो । 

सूचनामा नारायणगढ-मुग्लिङ नागढुङ्गा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहन अनुरोध गरिएको छ । 

साथै चितवन प्रशासनले शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधनहरु मौसम प्रतिकूलताका कारण भोलिसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरुमा धैर्यधारण गरि बसिदिनु साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

साथै मनसुन सक्रिय रही देशका विभिन्न भागमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थानहरु डुवानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउनु अनुरोध गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न ९ बुँदे निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार...

झ्याप्ले खोला अपडेट: मृतकको संख्या १४ पुग्यो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ ।  शनिबार बिहान आएको पहिरोले...

बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

इजरायल । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्...

न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलस...

झ्याप्ले खोला अपडेट: पहिरो खोतल्दा पाँचजनाकाे शव भेटियो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पाँचजनाको शव भेटिएको छ । सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरेको थियो । पहिरो...

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएक...

काभ्रेपलाञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनि...

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन मन्त्री पौडेलकाे निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथ...

सोलुखुम्बुको टाप्टिङ पहिरोमा पुरिएर दुई जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।  सोलुखुम्बुको सोलुदुधकुण्ड न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy