Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

काठमाडौँ महानगरका यी वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

खबरडबली संवाददाता

काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् ।

वडा नम्बर १० ले शनिबार विहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गरेको थियो । वडाध्यक्ष रामकुमार केसी भन्छन, अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका छौँ । केसी का अनुसार आज अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ । बागमती नदीले वडा १० का शंखमुल, वुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ । 

बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो । यसको बढी प्रभाव वडा नं। १४ को बल्खु क्षेत्रमा पर्छ । वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफुल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव प¥यो । वडाले शनिबार वाढी प्रभावित १२५ जनालाई कम्बल वितरण ग¥यो । ४ सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरियो । 

विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट विछ्याइएको छ । वडा नम्बर ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ । प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ । वडा सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ ।   

शुक्रबारबाट परेको अविरल बर्षाका कारण नदी किनाराहुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो । यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानै देखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए । यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए । यसका लागि ४ वटा रेस्क्यु बोट ९डुङ्गा० को प्रयोग गरिएको थियो । 

काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका १ हजार १६० जनालाई उद्धार गरिएको थियो । खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो । ७४ वटा पशु चौपाया क्षति भयो । १ हजार ३४० वटा घर डुवान भए ।   

यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपदमा फसेका ५ जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं। १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो । वडा नं। २४ मखन गल्लीमा पुरानो घर भत्किएर अवरुद्ध भएको सडकलाई महानगर प्रहरी बलले अवरोध हटाएर सडक सुचारु गरेको थियो । 

भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुवान भएको थियो । बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन् । अविरल बर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीब्र बहाव आएको थियो ।

काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपद परेमा सहयोगका लागि हटलाइन नम्बरहरु १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending