काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो रिहाइ पछिको पहिलो सार्वजनिक सम्बोधनमा पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि आफुलाई रिहा गरिएको बयान दिएका छन् ।
जुलियन असान्जले फ्रान्समा युरोपेली परिषद्लाई सम्बोधन आफुले पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भएको बताएका हुन् । युरोपेली परिषदमा ४६ युरोपेली देशका सांसदहरू छन् । उनले भने- 'धेरै वर्ष जेल बसेपछि मैले पत्रकारिता गरेको आफ्नो अपराध स्वीकार गरेँ, त्यसपछि म रिहा भएँ ।'
असान्जले आफ्नो हिरासत र सजाय र मानवअधिकारमा पार्ने असरबारे युरोप काउन्सिलमा बोलेका थिए । असान्जले भने, ‘आज म स्वतन्त्र छु किनभने मैले आफ्नो पत्रकारिता गरेको अपराध स्वीकार गरेको छु । मैले स्रोतबाट सूचना लिएर त्यो सूचना जनतामा फैलाउने अपराध गरेको छु । पाँच वर्ष बेलायती जेलमा बिताएपछि असान्ज गत जुनमा रिहा भएका थिए । असान्जलाई अमेरिकी सेनाका गोप्य कागजातहरू प्राप्त गर्ने र प्रकाशित गरेकोमा दोषी ठहर गरिएको थियो ।
असान्जले युरोपेली सांसदहरूलाई आफ्नो रिहाइको लागि राजनीतिक र कानुनी प्रयासहरू अपर्याप्त भएकाले आफ्नो सजाय बढेको बताए । असान्जले भने, 'मैले अवास्तविक न्याय भन्दा स्वतन्त्रता रोजेको छु ।' ५३ वर्षीय असान्जको रिहाइका लागि सम्झौता भएको थियो, त्यसपछि उनी जुनमा रिहा भएर आफ्नो देश अष्ट्रेलिया फर्किएका थिए । यो सम्झौताले असान्जलाई अमेरिकी जासुसी कानूनको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ, जसबाट १४ वर्षको कानुनी लडाई समाप्त भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: