काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापा नेतृत्वसँग सहमति हुने सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक रणनीति अघि बढाउने संकेत दिएको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको देउवा समूहको शीर्ष नेताहरूको बैठकले पार्टी एकताको सम्भावना अत्यन्त कमजोर भएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेला आयोजना गर्ने तयारी थालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समितिको गतिविधि, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए।
उनका अनुसार बैठकले साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने प्रारम्भिक निर्णय गरेको छ। उक्त भेलाबाट आगामी राजनीतिक दिशाबारे ठोस निर्णय गरिने उनले बताए।
सभापति गगन थापा पक्षसँग अझै सहमतिको सम्भावना छ कि छैन भन्ने प्रश्नमा विश्वकर्माले स्पष्ट शब्दमा भने, "अब मिल्ने सम्भावना ९९ प्रतिशत देखिँदैन।"
उनले संस्थापन पक्षले संवाद र सहमतिका लागि कुनै गम्भीर पहल नगरेको आरोप पनि लगाए।
"हामी त मिल्न चाहेकै हो। उहाँहरू आउँछु भन्नुहुन्छ, सहमति गर्छु भन्नुहुन्छ, तर भोलिपल्ट आउनुहुन्न। महिनौँसम्म कुनै संवाद हुँदैन। यस्तो अवस्थामा कसरी एकता हुन्छ?" उनले भने।
विश्वकर्माका अनुसार अब नयाँ राजनीतिक विकल्पका विषयमा छलफल अघि बढ्नेछ। त्यसका लागि नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको सम्पूर्ण खाका तयार गरिने उनले बताए।
उनले नयाँ पार्टी गठनबारे प्रत्यक्ष घोषणा नगरे पनि त्यसतर्फ आवश्यक सबै तयारी अघि बढ्ने संकेत दिए। "अब नयाँ बाटोको तयारी हुन्छ। नेतृत्व, नीति, संगठन, वैधानिक र कानुनी पक्ष सबै विषयमा प्याकेजमै छलफल अघि बढ्छ," उनले भने।
पार्टीको सम्भावित नाम, चुनाव चिन्ह र नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अहिले नै निर्णय नभएको उनको भनाइ छ। ती विषय राष्ट्रिय भेला र त्यसपछिका छलफलबाट टुंगो लाग्ने उनले बताए।
देउवा समूहको यो पछिल्लो निर्णयले कांग्रेसभित्रको आन्तरिक विवाद अब सहमतिभन्दा विभाजनतर्फ उन्मुख भएको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। यदि आगामी दिनमा पनि संवादको वातावरण बन्न सकेन भने कांग्रेसभित्र नयाँ राजनीतिक ध्रुवीकरण हुने सम्भावना बलियो बन्दै गएको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: