Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

सहकारीको रकम ठगी गरेकाे आरोपमा पक्राउ परेका नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

खबरडबली संवाददाता

बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो । 

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो । 

त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुमपूर्वमा हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ की २० वर्षीया रेजिना बुढालाई  हेलिकोप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठा...

पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रा...

सप्तरीको विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदम...

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठक...

कांग्रेसका सांसदले सरकारको राहतको कोषमा १५ दिनको पारिश्रमिक दिने

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने भएका छन् । मंगलबार बसेको कांग्रेसको संसदीय ...

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

काठमाडौं । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ ।  अलपत्र परेका...

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२६ पुग्यो

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।  नेपाल प्रहरीका...

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।  मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ ...

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ ह...

चारदिन पछि ताप्लेजुङमा विद्युत आपूर्ति

ताप्लेजुङ । चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ । शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy