काठमाडौं । सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा संलग्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारीलाई राष्ट्र बैंकले नै कारबाही गर्न सक्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशनमा सम्पत्ति शुद्धीकरणको कसुरमा कुनै बैंक तथा वित्तीय संस्था कारबाहीमा परेको अवस्थामा यस्तो कार्यमा संलग्न कर्मचारीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी कारबाही नगरेको अवस्थामा राष्ट्र बैंकले १० लाख देखि ५ करोड रुपैयाँसम्म जरिवाना गर्ने, पदबाट हटाउने वा दुवै प्रकारको सजाय गर्ने उल्लेख गरेको हो ।
त्यस्तै, निर्देशनमार्फत् बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणका सम्बन्धमा वर्षभरि गरेका काम कारबाहीको समीक्षा सहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा भने यस्तो प्रतिवेदन २०८१ मङ्सिर मसान्तसम्म पेस गर्न सकिने व्यवस्था गरिएको छ ।
संस्थागत खाता सञ्चालन खुकुलो
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सङ्गठित संस्था तथा कम्पनीको खाता खोल्ने व्यवस्था भने केही खुकुलो गरेको छ । नेपाल राष्ट्र बैंकले खाता खोल्दा पूरा गर्नुपर्ने कागजात वा प्रक्रियामा सामान्य सहजीकरण गरेको हो ।
यसअघि खाता खोल्दा वा अद्यावधिक गर्दा उक्त कम्पनीमा १० प्रतिशत वा सोभन्दा धेरै हिस्सा भएका शेयरधनीको मात्रै व्यक्तिगत तथा पारिवारिक विवरण ९केवाईसी० चाहिने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै १५ प्रतिशत वा सोभन्दा धेरै शेयर हिस्सा भएका शेयरधनी केवाईसी चाहिने व्यवस्था गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: