Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

घटेन गण्डकीमा डेंगु सङ्क्रमण, हालसम्म एघार हजार पाँच सय ९० जनामा पुष्टि

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो । 

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगुको सङ्क्रमण दर बढ्दै गएको बताए । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेंगु देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । 

शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा २७ सय ३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा  डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  डेंगुका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक÷एक जना पुरुष छन् ।

डेंगुबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए ।

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भने ।
चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।  डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । 

 डेंगु  ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद ५ दिन थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्न सकिने व्...

गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेट : निर्वाचनमा बेलायतको सहयोग रहने

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छन्।  राजदूत फेनसहितको प्रतिनिधि मण...

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

काठमाडौँ। निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्...

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा. गौतमको दुईमहिने कार्ययोजना

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योज...

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका...

राष्ट्रिय परिचयपत्र प्रयोग गरी ३७ हजारभन्दा बढीले गराए मतदाता नामावली दर्ता

दर्तामा बेलाबेला प्राविधिक समस्या र ढिलासुस्ती

बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि

नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प...

प्रतिनिधिसभा चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँको ...

रास्वपाले दियो सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ राजनीतिक यात्राका लागि शु...

प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, यी तीन मन्त्रीको बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्ना सम्पत्ति विवरण बुझाएका छन्। अझै तीन मन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending