कञ्चनपुर । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ ।
दसैँको खर्च जोहो गरेर घरपरिवारसँग चाडबाड मनाउनका लागि स्वदेश फर्किन पाउँदा उनीहरू खुसी व्यक्त गर्छन्। दुई वर्षपछि दसैँ मनाउने क्रममा घर फर्कँदै गरेका बाजुराका हिरण्य गिरीले चाडबाडको समय घर फर्कन पाउँदा खुसी लागेको बताए ।
'दुई वर्ष परिवारसँग दसैँतिहार मनाउन पाइनँ । यसपटक थोरै पैसा बचाएर चाडबाड मनाउन घर जाँदैछु', गड्डाचौकी नाकामा भेटिएका गिरीले भने, 'स्वदेशमा काम पाइँदैन, दसैँतिहार मनाएर फेरि भारततिर जान्छु ।' स्वदेशमा गतिलो आम्दानी गर्ने अवस्था भए भारत नजाने उनी बताउँछन् ।
गिरी विगत पाँच वर्षदेखि भारतको दिल्लीमा गाडी चलाउँदै आएका छन् । स्वदेशमा गतिलो कमाइ नभएपछि घरखर्च चलाउन भारत जानुपरेको उनी बताउँछन्।
त्यस्तै सुर्खेतका हर्कबहादुर थापाले भारतको सिम्लामा काम गर्न थालेको दश वर्षभन्दा बढी भइसक्यो । उनी भारतमा स्याउ टिप्ने काम गर्छन् । हर्कबहादुरसँगै गाउँका अन्य पनि सिम्लामा स्याउँ टिप्ने काम गर्छन्। चाडबाड र खेतीपातीका लागि घर फर्किएको उनले बताए। 'अरुबेला बाहिर गएर जति दुःख गरे पनि चाडबाडमा सधैँ घर पुग्छु', उनले भने, 'घरपरिपारसँग चाडबाड मनाउन पाउँदा निकै खुसी लाग्छ ।'
चाडबाड सुरु भएसँगै गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको चाप बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। गड्डाचौकी नाका भएर दैनिक तीन–चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।
भारतबाट आउने नेपाली नागरिकका लागि नाकामा सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सहायता कक्षमा भारतबाट आउनेलाई शुद्ध पिउने पानी र प्राथमिक स्वास्थ्योपचार गर्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: