काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले संकटालाई २–१ गोलले हरायो । पुलिसको जितमा अनुस्का शेर्पा र समिक्षा घिमिरेल गोल गरिन । संकटाका लागि सेलिना अनिमाले सान्त्वना गोल फर्काइन ।
जितसँगै पुलिस लिगमा तेस्रो बन्दै दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ । पुलिसले नौ खेलबाट २१ अङ्क बनायो । संकटा यसअघिनै लिगबाट बाहिरिएको छ । नौ खेलमा आठ अङ्क बनाएको संकटा तालिकाको सातौँ स्थानमा रह्यो ।
नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीले भाग लिएका थिए । जसबाट सुपर लिगमा स्थान बनाउनेमा पुलिससँगै नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश रहेको छ ।
दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १८:५९
मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...
पौष ४ गते, २०८१ - १८:४५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...
पौष ४ गते, २०८१ - १८:३९
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...
पौष ४ गते, २०८१ - १८:३४
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...
पौष ४ गते, २०८१ - १८:२७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् स...
पौष ४ गते, २०८१ - १८:२१
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार...
पौष ४ गते, २०८१ - १८:१३
सुर्खेत । सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ...
पौष ४ गते, २०८१ - १८:०८
झापा । झापाकाे दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन् । सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर स...
पौष ४ गते, २०८१ - १८:०५
काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ । यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्...
पौष ४ गते, २०८१ - १७:५९
दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन...
प्रतिकृया लेख्नुहोस्: