Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

दाउन्नेको सडक दुई तर्फी खुल्यो, भासिने जोखिम भने कायमै

खबरडबली संवाददाता

नवलपुर। पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलामा भासिएको सडक मर्मत गरी बिहान ११ बजेर ४० मिनेटदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए। 

सडक पूर्ण रुपमा सञ्चालनमा आएसँगै लामो समय जाममा परेका सवारी साधनलाई पास गराउने काम भइरहेको प्रहरीको भनाइ छ । सडक हाललाई दुईतर्फी नै सञ्चालनमा आएपनि कुनै पनि बेला भासिन सक्ने जोखिम रहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि १४ गते सडक भासिएको थियो । 

एक रात एक दिन पूर्ण रुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरी भासिएको थियो । सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कपोरेशन प्रालिको टोलीले लगातार सडक मर्मत गरी पूर्ण रुपमा गाडी सञ्चालनमा आएको बोहोराले बताए ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पनि हाललाई पूर्ण रुपमा सञ्चालनमा आए पनि जोखिम भने कायमै रहेको बताए । भासिएको ठाउँमा डाईभर्सन गर्ने ठाउँ नभएकाले यात्रुले सास्ती पाउँदै आएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुलीमा ३९१ घरपरिवारले पाए राहत सामग्री

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१  घर परिवारले राहत सामग्री पाएका छन्। ती मध्ये आइतबार मात्रै खुर्कोटमा स...

पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने निर्णय

काठमाडौं । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्म...

राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीश राउतद्वारा शपथ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएको छन् । राष्ट्रपति भवन शीतल निवासमा...

चन्द्रपुरबाट नक्कली नोट सहित दुई जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम...

सुनको कोटा बढाउन सरकार तयार छ : मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएको छन् । नेपाल रत्न तथा आभूषण सङ्...

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य...

राप्रपा महामन्त्री राणालाई गिजाको क्यान्सर

बाँके। राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा। धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क...

ललितपुरको बाढी र पहिरो प्रभावित क्षेत्रमा गृहमन्त्री लेखकको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएक...

प्रधानमन्त्री उद्धार कोषलाई नेपाल बैँकको दुई करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको ...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक जारी

जनकपुर। मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।  दशैँको आगमनसँगै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy