काठमाडौँ । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकेडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् ।
इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’मा नपरेका अभिलेख तथा दस्ताबेज यसमा समेटिएका छन् ।
‘त्यस हिसाबले यो अभिलेख सङ्ग्रह अघिल्लो दस्ताबेज सङ्ग्रहको पूरक एवं निरन्तरता पनि हो’, उनले किताबमा लेखेका छन् । यस ग्रन्थमा संग्रहित दस्ताबेज सेन, शाह र सिक्किमे राजाहरूले पल्लो किरात, लिम्बुवानका लिम्बू, याक्खा, आठपहरियालाई राय, राए, राई सम्बोधन गरी प्रदान गरेका लेखकको भनाइ छ ।
पूर्वकुलपति काइँलाले यो किताबले दुई सय–तीन सय वर्षभित्रका कुराहरूको जानकारी दिने बताए । ‘हाम्रो राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थितिहरूको बारेमा यहाँ भएका टिपोट, लालमोहर, रुक्का, सनद, सवाल, कस्यरुक्का, आदि जो छन् तिनले हामीलाई यो बताउँछ’, उनले भने, ‘हाम्रो स्थिति के थियो रु समाज कसरी चल्थ्यो भन्ने कुरा यी यहाँ संग्रहित गरिएका कागजपत्रले हामी बुझ्छौँ । हाम्रो सामाजिक चालचलन, हाम्रो सांस्कृतिक थितिहरूको कुराहरू हामी बुझ्छौँ ।’
इतिहासकार दिनेशराज पन्तले नेपाल सरकारको उच्च अधिकृतबाट सेवानिवृत्त भएपछि इङ्नामले गरेका कार्य सबै नेपालीका लागि अनुकरणीय भएको बताए । ‘उहाँले जुन इतिहासका किताबहरू लेख्ने, सामग्री सङ्कलन गर्न थाल्नुभयो त्यो कामले लिम्बुवान क्षेत्रलाई मात्र होइन, त्यो किरात क्षेत्रलाई मात्र होइन, पूर्वाञ्चलको क्षेत्र, अहिले कोसी प्रदेश अहिले यो नाम भएन भनेर झगडा पनि चलिरहेको छ,’ उनले भने, ‘सम्पूर्ण नेपालका लागि चाहिँ एउटा सबैले अनुकरण गर्नुपर्ने काम भएको छ ।’
विश्लेषक बालकृष्ण माबोहाङले यो कृतिलाई अघिल्लोको निरन्तरता भन्नुपर्ने धारणा व्यक्त गरे । ‘लिम्बू जातिरजनजाति र लिम्बुवानको विषयमा, लिम्बुवानका अन्य जाति र जनजातिहरूको विषयमा पनि जो निरन्तर उहाँले यो अध्ययन अथवा सामग्रीहरू सङ्कलन गर्ने काम गरिरहनुभएको छ । त्यसको एउटा प्रकाशित यो कृति हो’, उनले भने, ‘उहाँले छरपष्ट रूपमा, व्यक्ति–व्यक्तिमा, च्यातिएको अवस्थामा, फ्याँक्न लागेको अवस्थामा, घुन लागेर अथवा डढेर घर–घरमा कतिपयले सङ्कलित गर्दागर्दै हराएका र सङ्कलित भएर रहेका सामग्रीहरूलाई सङ्कलन गरेर ल्याउनुभएको छ ।’
उनका अनुसार यो कृति पाठक, दशीप्रमाण खोज्नेहरूका लागि महत्त्वपूर्ण छ । अझ लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामलामा अध्ययन गर्ने शोधकर्ताका लागि साह्रै ठुलो काम भएको उनको भनाइ थियो ।
इङ्नामको अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ले मदन पुरस्कार पाएको थियो । उनले त्यसअघि ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...
आषाढ़ ६ गते, २०८३ - ०९:११
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...
आषाढ़ ६ गते, २०८३ - ०८:४९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...
आषाढ़ ६ गते, २०८३ - ०८:४१
विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...
आषाढ़ ६ गते, २०८३ - ०८:३७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...
आषाढ़ ६ गते, २०८३ - ०८:३४
ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...
आषाढ़ ६ गते, २०८३ - ०८:३०
काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...



प्रतिकृया लेख्नुहोस्: