Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

दस दिनमा साढे दुई अर्बका सुकिला नोट वितरण

खबरडबली संवाददाता

काठमाडौं । सर्वसाधारणले पछिल्लो १० दिन (असोज १३ देखि २२ सम्म )मा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र सात वटै प्रादेशिक कार्यालयबाट मात्र करिब १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई नोट सटही सुविधा दिएका छन् । त्यो रकम पनि जोड्दा दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।
‘मंगलबारसम्म राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन्,’ उनले भने, ‘वाणिज्य बैंकले पनि कम्तीमा राष्ट्र बैंकले जति नै रकम बराबरको नोट सटही सुविधा दिएको भन्ने प्रारम्भिक सूचना छ ।’ राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सटही भएको नोटको रकम जोड्दा साढे २ अर्बभन्दा बढी हुने प्रवक्ता पौडेलले बताए ।

दसैंका लागि राष्ट्र बैंकले यही असोज १३ देखि २३ गतेसम्मका लागि नोट सटही सुविधा दिएको थियो । तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । नोट सटहीका लागि केन्द्रीय कार्यालय बालुवाटारमा मात्र राष्ट्र बैंकले ८ वटा काउन्टर बनाएको छ । यद्यपि भीड कम भएकाले हाल ६ वटा मात्र सञ्चालनमा छन् । ६ वटा काउन्टरबाट सर्वसाधारणले सहज रूपमा नोट सटही सुविधा लिइरहेको राष्ट्र बैंकका प्रवक्ता पौडेलको भनाइ छ ।

‘यस वर्ष सुकिला नोट वितरण गर्न लागिएकाले विगतका वर्षमा जस्तो भीडभाड छैन । जसलाई आवश्यक परेको छ, उनीहरूले सटही सुविधा लिएका छन्, यस कारण अनियन्त्रित भीडभाड छैन ।’ नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै दसैंका लागि यही असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना जारी गरेको थियो । यसअनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातै वटा प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ । सबै दरका एकरएक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सहटी सुविधा दिइएको थियो । यद्यपि औचित्य खुलाएर सर्वसाधारणले अनि आवश्यकताअनुसार नोट सटही सुविधा लिइरहेको राष्ट्र बैंकको भनाइ छ ।

विगतमा नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने निर्णय गर्‍यो । सफा र सुकिला नोट उपयोगका लागि भन्दै राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला दिने निर्णय गरेको हो । तर सुकिला नोटमा सर्वसाधारणको उत्सुकता भने कम देखिन्छ । नोट सटहीका लागि राष्ट्र बैंकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा भीडभाड कम हुनुले पनि यसको पुष्टि गर्ने जानकार बताउँछन् ।

समाजलाई नगदरहित  (विद्युतीय भुक्तानी) कारोबारलाई प्रोत्साहन गर्न, यसअघि नयाँ नोटका रूपमा वितरण भएका तर अहिले सुकिला बनेका नोट व्यवस्थापन गर्न, नोट छपाइका लागि लाग्ने खर्च जोगाउनलगायत कारण यस वर्ष नयाँको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । ‘पछिल्ला तीन दसैंमा वितरण भएका नयाँ नोट अहिले सुकिलो अवस्थामा राष्ट्र बैंक केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, बैंक तथा वित्तीय संस्था, नोट कोषमा स्टकमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘स्टकमा रहेका ती नोट प्रयोगमा नल्याउने हो भने त्यति बराबर नयाँ नोट छाप्न करिब २ अर्ब रुपैयाँ खर्च हुन्छ । अहिले ती नोट उपयोग भए, नयाँ नोट छाप्दा लाग्ने खर्च जोगिन्छ ।’

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको थियो । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्थ्यो । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्दै आएका थिए । यद्यपि विगतका तुलनामा यस वर्ष निकै कम मात्र सुकिला नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि ९५ सय र हजार० दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।

नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । राष्ट्र बैंककै एक अध्ययनले पछिल्ला पाँच आर्थिक वर्षमा औसत नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको छ । एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको र अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिमाणमा नोट थुप्रिँदै गएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending