म्याग्दी। खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो र कमेरो पोतेर रंगिएका घर। लिंगे र रोटेपिङमा मच्चिदाँको आनन्द।
अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल। सहर बजार र विदेशिएकाहरू दशैं पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन्।
अन्नपूर्ण गाउँपालिका(७ घराम्दीका तीर्थ फगामी भन्छन्, “अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन्। पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ। चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ।”
राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ। यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो।
गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ। अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ।
तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका(४ खिवाङका होमबहादुर पुन। दशैं मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किएका उनी भन्छन्,“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइलो लाग्थ्यो।
उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र१ सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ। यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ।”
बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण(७ घराम्दीका धनबहादुर पाइजा दशैंमा गरिने पूजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैंको विषेश महत्व हुुने बताउँछन्।
“बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिंगेपिङ हालेका छौं। तीन दिन लगाएर जंगलबाट ल्याएको काठको लिंगो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच‘ हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ”, उनले खुसी हुँदै भने।
हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन्। प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ। बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ।
‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए‘‘’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - २३:०८
चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...
आषाढ़ १ गते, २०८३ - २३:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...
आषाढ़ १ गते, २०८३ - २३:०१
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...
आषाढ़ १ गते, २०८३ - २२:५९
काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...
आषाढ़ १ गते, २०८३ - २२:५४
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...
आषाढ़ १ गते, २०८३ - २२:५२
पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय
आषाढ़ १ गते, २०८३ - २२:३६
बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...
आषाढ़ १ गते, २०८३ - २२:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...



प्रतिकृया लेख्नुहोस्: