Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

म्याग्दीको झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँमा एक करोड रुपियाँ खर्च गर्ने गरी जौं र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरु हुने भएको छ । 

स्थानीय उत्पादनको प्रवद्र्धन र व्यावसायिक खेतीको विकास गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रम अन्तर्गत उक्त परियोजना लागु हुने भएको हो । परियोजनामार्फत् परम्परागत बालीको संरक्षण र ब्राण्डीङ गरी आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ । 

आर्थिक वर्ष २०८१-८२ मा कार्यान्वयन हुने गरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत झिँमा जौ तथा उवा खेतीको उत्पादन तथा ब्राण्डिङ कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र रघुगंगा गाउँपालिकाबिच सम्झौता भएको हो । 

उक्त परियोजनामा प्रदेश सरकारबाट ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा खर्च हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए। उनका अनुसार परियोजना यसै आर्थिक वर्ष भित्र सुरु हुने छ । 

जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका छौं गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘‘जौं र उवाको उत्पादनसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने आशा गरेका छौं ।’’ जौँ र उवाबाट बनेका परिकारहरुले पर्यटकलाई समेत यस गाउँमा आकर्षित गर्ने उनको भनाई छ । परम्परागत घरहरुले बनेको झिँ गाउँ सुन्दर छ । 

यहाँबाट पर्यटकीय स्थल टोड्के हुँदै मालिका धुुरी–ठाडाखानी–कुुइने–चौरखानी–घ्यासीखर्क–सुगुरथला,कछुुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गरिएको छ । 

उहाँका अनुसार परियोजनाबाट झिँ गाउँका करिब दुई सय घरपरिवार लाभान्वित हुनेछन् । परियोजनामार्फत तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ । जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताए। 

किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए। झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending