Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

बाँकेबाट तीन करोडको खसीबोका बिक्री

खबरडबली संवाददाता

खजुरा। दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत् तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।

दसैँ सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत् उक्त खसीबोका बिक्री भएका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् तीन करोड ४६ हजार ४९६ रुपियाँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका सहकारी मार्फत् बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् ।

दसैँमा सबैभन्दा बढी राप्तीसोनारी –२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले ४९ लाख ४६ हजार ५४० रुपियाँ बराबरका ९ हजार १४६ किलो तौल भएका २८१ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

त्यसैगरी राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरको ७ हजार २०१ किलो तौल भएका १९६ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसपछि बैजनाथ गाउँपालिका –८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा खसीबोक्रा बिक्री गरेको छ ।

जननीका प्रबन्धक गणेश खत्रीका अनुसार बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले नौ लाख ९५ हजार ६६५ रुपियाँ बराबरका १ हजार ८७९ किलो तौल भएका ५७ वटा खसीबोका बिक्री गरेको छ । अप्सरा साउमससंले १० लाख ४१ हजार ३३० रुपियाँ बराबरका १ हजार ९२३ किलो तौल भएका ६९ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसैगरी कुसुम साउमससंले १८ लाख ३५ हजार ४३० रुपियाँ बराबरका ३ हजार ३६० किलो तौल भएका ९८ वटा, सुनकोशी साउमससंले १७ लाख आठ हजार २८५ रुपियाँ बराबरका ३ हजार २०१ किलो तौल भएका ९६ वटा र सङ्गिनी साउमससंले १५ लाख ७५ हजार २०५ रुपियाँ बराबरका २ हजार ९६० किलो तौल भएका ९२ वटा खसीबोका बिक्री गरेको प्रबन्धक खत्रीले जानकारी दिए।

राप्तीसोनारी –९ ढकेरीस्थित संघर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक भुपेन्द्र खड्काका अनुसार सो सहकारीले २६ लाख ५९ हजार २९५ रुपियाँ बराबरका ४ हजार ९७० किलो तौल भएका १९५ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसैगरी उपहार साउमससंले छ लाख ६३ हजार ७०५ रुपियाँ बराबरका १२६० किलो तौल भएका ४० वटा खसीबोका बिक्री गरेको छ । प्रबन्धक खड्काका अनुसार सशक्तीकरण साउमससंले ११ लाख ३१ हजार ५५० रुपियाँ बराबरका २ हजार १३५ किलो तौल भएका ७० वटा खसीबोका बिक्री गरेको छ । बैजनाथ साउमससंले आठ लाख ४७ हजार रुपियाँ बराबरका १ हजार ५४० किलो तौल भएका ४७ वटा खसीबोका बिक्री गरेको खड्काले जानकारी दिए।

राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले ३३ लाख दुई हजार २१० रुपियाँ बराबरका ६ हजार २७८ किलो तौल भएका २२२ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताए। उनका अनुसार दीपलगन साउमससंले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा, रोशनी साउमससंले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरका ७ हजार २०१ किलो तौल भएका १९६ वटा र परिवर्तन साउमससंले १९ लाख ९३ हजार ८७२ रुपियाँ बराबरका ३ हजार ७५५ किलो तौल भएका १३० वटा खसीबोका बिक्री गरेका छन् ।

बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत् बनाइएका विभिन्न समूहमार्फत् किसानले बाख्रापालन गर्दैआएका छन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरु बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरु यस पेशातर्फ आकर्षित भएका हुन् । 

किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत् बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपियाँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरु आत्मनिर्भर बन्दैगएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौँ । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या ग...

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ । आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४...

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।  ...

बाढी, पहिरोपछिको पुन:निर्माण र पुन:व्यवस्थापनका काम छिट्टै अघि बढ्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ ...

राप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार गर्दै

काठमाडौं । क्यान्सरको उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्...

बाँकेबाट तीन करोडको खसीबोका बिक्री

खजुरा। दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत् तीन करोड रुपियाँ बढीका खस...

प्रहरी सङ्गठनलाई रूपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

रुपन्देही । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रूपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औँ प्रहरी दिवसका ...

तत्काल प्रहरी समायोजन ऐन जारी गर्नुपर्छ: मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बत...

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी रिफर

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै ...

साहित्यकार थापाले रचना गरेको प्रहरी नारा सर्वोत्कृष्ट

काठमाडौँ । साहित्यकार घनबहादुर थापाले लेखेको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ । प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy