Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

बाँकेबाट तीन करोडको खसीबोका बिक्री

खबरडबली संवाददाता

खजुरा। दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत् तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।

दसैँ सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत् उक्त खसीबोका बिक्री भएका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् तीन करोड ४६ हजार ४९६ रुपियाँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका सहकारी मार्फत् बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् ।

दसैँमा सबैभन्दा बढी राप्तीसोनारी –२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले ४९ लाख ४६ हजार ५४० रुपियाँ बराबरका ९ हजार १४६ किलो तौल भएका २८१ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

त्यसैगरी राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरको ७ हजार २०१ किलो तौल भएका १९६ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसपछि बैजनाथ गाउँपालिका –८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा खसीबोक्रा बिक्री गरेको छ ।

जननीका प्रबन्धक गणेश खत्रीका अनुसार बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले नौ लाख ९५ हजार ६६५ रुपियाँ बराबरका १ हजार ८७९ किलो तौल भएका ५७ वटा खसीबोका बिक्री गरेको छ । अप्सरा साउमससंले १० लाख ४१ हजार ३३० रुपियाँ बराबरका १ हजार ९२३ किलो तौल भएका ६९ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसैगरी कुसुम साउमससंले १८ लाख ३५ हजार ४३० रुपियाँ बराबरका ३ हजार ३६० किलो तौल भएका ९८ वटा, सुनकोशी साउमससंले १७ लाख आठ हजार २८५ रुपियाँ बराबरका ३ हजार २०१ किलो तौल भएका ९६ वटा र सङ्गिनी साउमससंले १५ लाख ७५ हजार २०५ रुपियाँ बराबरका २ हजार ९६० किलो तौल भएका ९२ वटा खसीबोका बिक्री गरेको प्रबन्धक खत्रीले जानकारी दिए।

राप्तीसोनारी –९ ढकेरीस्थित संघर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक भुपेन्द्र खड्काका अनुसार सो सहकारीले २६ लाख ५९ हजार २९५ रुपियाँ बराबरका ४ हजार ९७० किलो तौल भएका १९५ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसैगरी उपहार साउमससंले छ लाख ६३ हजार ७०५ रुपियाँ बराबरका १२६० किलो तौल भएका ४० वटा खसीबोका बिक्री गरेको छ । प्रबन्धक खड्काका अनुसार सशक्तीकरण साउमससंले ११ लाख ३१ हजार ५५० रुपियाँ बराबरका २ हजार १३५ किलो तौल भएका ७० वटा खसीबोका बिक्री गरेको छ । बैजनाथ साउमससंले आठ लाख ४७ हजार रुपियाँ बराबरका १ हजार ५४० किलो तौल भएका ४७ वटा खसीबोका बिक्री गरेको खड्काले जानकारी दिए।

राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले ३३ लाख दुई हजार २१० रुपियाँ बराबरका ६ हजार २७८ किलो तौल भएका २२२ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताए। उनका अनुसार दीपलगन साउमससंले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा, रोशनी साउमससंले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरका ७ हजार २०१ किलो तौल भएका १९६ वटा र परिवर्तन साउमससंले १९ लाख ९३ हजार ८७२ रुपियाँ बराबरका ३ हजार ७५५ किलो तौल भएका १३० वटा खसीबोका बिक्री गरेका छन् ।

बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत् बनाइएका विभिन्न समूहमार्फत् किसानले बाख्रापालन गर्दैआएका छन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरु बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरु यस पेशातर्फ आकर्षित भएका हुन् । 

किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत् बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपियाँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरु आत्मनिर्भर बन्दैगएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूल...

सुनसरी–१ मा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

धरान। सुनसरी निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्या...

मध्यपूर्व तनावले भारतको ग्यास बजार प्रभावित, सिलिन्डर खरिदमा नयाँ नियम लागु

भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महार...

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ ।  काठमाडौ...

रुकुमपश्चिममा विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...

डोटीमा ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा नेपाललाई बधाई

काठमाडौँ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार ...

छतबाट खसेर प्रहरीको मृत्यु

टीकापुर। इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ ।  सोमबार राति करिब ११ बजेतिर क...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE