Ntc summer Offer
Khabar Dabali १ कार्तिक २०८१ बिहीबार | 17th October, 2024 Thu
Investment bank

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । 

आफ्नै निवास बुढानिलकण्ठमा आज जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे । 

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराए । जय नेपाल सन्देशका प्रधान सम्पादक प्राडा धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए । 

फाउण्डेसनका संस्थापक सदस्यहरू योगेन्द्र राई, रामबहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङलगायत सहभागी रहेका थिए । फाउण्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । 

फाउण्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन कृयाशील छ भने यसअन्तरर्गत विभिन्न देशमा ३० भन्दाबढी शाखाहरू विस्तार भएको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री तथा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त युवा वैज्ञानिक प्रा डा यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउण्डेसनको नेतृत्व गर्नुभएको छ । फाउण्डेसनअन्तर्गत अन्तराष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, युथ नेटवर्क र ओमन नेटवर्क समेत कृयाशील रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

इस्तानबुल । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपो...

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल ...

नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।  दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल ...

स्रोत नखुलेको आठ लाखबढी नगदसहित एक जना पक्राउ

जलेश्वर । यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राउ गरेको छ । ...

बालेनको कविता- हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै  हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् । ...

इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी

काठमाडौं । पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउँदै २३९ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड...

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बता...

इजरायलको हमलामा दक्षिणी लेबनानका मेयरको मृत्यु

काठमाडौं । इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो । यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो । आक्रमणमा सहरका मेयरसहित ६ जन...

बिपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काठमाडाैं । बाढी–पहिरोले क्षतविक्षत भएको बिपी राजमार्गअन्तर्गतको रोशी सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।  हाल ट्रयाक खोलेर स...

प्रधानमन्त्री ओली भन्छन्- सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।  प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy