Ntc summer Offer
Khabar Dabali १ कार्तिक २०८१ बिहीबार | 17th October, 2024 Thu
Investment bank

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

खबरडबली संवाददाता

इस्तानबुल । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन । 

कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो । यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो । 

“हाल, ५.९ म्याग्निच्युडको भूकम्पपछि कुनै जनधनको क्षति भएको छैन,“ राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ । केही समयपछि गृहमन्त्री अली येर्लीकायाले तीन अलग–अलग क्षेत्रमा तीनवटा भवन ‘आंशिक रूपमा भत्किएको’ र आपत्कालीन सेवाहरूले सहयोगका लागि दर्जनौँ फोन कलहरू प्राप्त गरेको बताए । उनले एक सय ८७ जना भूकम्पबाट प्रभावित भएका र तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेको र धेरैलाई डिस्चार्ज गरिएको जानकारी दिए । 

मालात्याका स्थानीय अधिकारीहरूले पनि यस स्तरमा रिपोर्ट गर्नका लागि कुनै ‘नकारात्मक घटनाहरू’ नभएको बताए । यद्यपि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द गरिने बताए । एएफपीका संवाददाताहरूका अनुसार, कम्पन दक्षिणपूर्वतर्फ लगभग एक सय ४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो । 

टर्किश टेलिभिजन स्टेशनहरूले प्रसारण गरेका तस्वीरहरू अनुसार धेरै शहरका बासिन्दाहरू सडकमा निस्किएका थिए । रासस,एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

इस्तानबुल । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपो...

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल ...

नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।  दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल ...

स्रोत नखुलेको आठ लाखबढी नगदसहित एक जना पक्राउ

जलेश्वर । यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राउ गरेको छ । ...

बालेनको कविता- हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै  हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् । ...

इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी

काठमाडौं । पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउँदै २३९ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड...

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बता...

इजरायलको हमलामा दक्षिणी लेबनानका मेयरको मृत्यु

काठमाडौं । इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो । यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो । आक्रमणमा सहरका मेयरसहित ६ जन...

बिपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काठमाडाैं । बाढी–पहिरोले क्षतविक्षत भएको बिपी राजमार्गअन्तर्गतको रोशी सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।  हाल ट्रयाक खोलेर स...

प्रधानमन्त्री ओली भन्छन्- सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।  प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy