ब्रसेल्स । युरोपेली सङ्घ (इयू) का नेताहरूले आप्रवासनसम्बन्धी नियमलाई कडा बनाउने बिषयमा बिहीबार ब्रसेल्समा हुने शिखर सम्मेलनमा छलफल गर्ने भएका छन् ।
शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनका लागि समर्थन, मध्य पूर्व सङ्कटलगायत अन्य मुख्य मुद्दाहरू छलफलमा ल्याइनेछ ।
आप्रवासन वार्ताको पूर्वसन्ध्यामा इटालीका कट्टर दक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले पत्रकारहरूसँग भने, “व्यावहारिक समाधानका लागि काम गर्ने इच्छा ।’’
रोमले समान विचारधारा भएका देशहरूसँग साझा दृष्टिकोणको बारेमा छलफल गर्न मुख्य कार्यक्रमको ठीक अगाडि मिनी–शिखर सम्मेलनको आयोजना गरिरहेको छ । यसै हप्ता केही आप्रवासीहरूलाई अल्बानियामा पठाउन सुरु गरिएको छ । तिरानासँगको ब्रसेल्सको सम्झौताबारे इयूका अन्य राजधानीहरूले गहिरो चासो देखाएका छन् ।
स्लोभेनियाका प्रधानमन्त्री रोबर्ट गोलोबले यो कदमलाई ‘पाइलट प्रोजेक्ट’ को संज्ञा दिनुभएको छ । आप्रवासनसम्बन्धी लामो समयदेखिको सम्झौतामा सहमति भएको केही महिनापछि मात्र थप सुधारका लागि दबाब दिने राष्ट्रहरूको समूहमा इटाली पनि एक हो ।
सन् २०२३ मा झण्डै एक दशक यताकै उच्च बिन्दुमा पुगेको युरोपेली सङ्घमा अनियमित सीमा पार गर्ने क्रम यस वर्ष ४० प्रतिशतभन्दा बढीले घटेको इयूको सीमामामिला हेर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।
इयूका एक वरिष्ठ कूटनीतिज्ञका अनुसार इयूका २७ राष्ट्रमध्ये धेरैले आप्रवासनलाई ‘अत्यावश्यक घरेलु समस्याका रूपमा हेरिरहेका छन् ।
आप्रवासी विरोधी भावनामा राजनीति गरिरहेका कट्टर दक्षिणपन्थी पार्टीहरूले जुनमा युरोपेली चुनावमा राम्रो प्रदर्शन गरे र नेदरल्याण्ड्स, अस्ट्रिया र जर्मनीमा हालैको राष्ट्रिय र क्षेत्रीय मतमा शीर्ष स्थान हासिल गरेका छन् । यस ९गृष्म० याममा मध्यावधि चुनावपछि फ्रान्स पनि दक्षिणपन्थीतर्फ ढल्केको छ ।
केही राष्ट्रहरू यस वर्ष भएको ऐतिहासिक आप्रवासन सम्झौताको शीघ्र कार्यान्वयन चाहन्छन् । यसले सीमा प्रक्रियालाई कडा बनाएको छ र देशहरूले ‘अग्रपङ्तीका’ राज्यले शरण खोज्नेहरूलाई लिन वा पैसा र स्रोतहरू प्रदान गर्न आवश्यक छ ।
तर सन् २०२६ को जुनदेखि लागू हुने यो प्याकेज भने कम हुने कतिपयको भनाइ छ ।
फ्रान्स र जर्मनीलगायत युरोपेली सङ्घका अधिकांश देशले अनियमित आप्रवासीलाई देश निकाला गर्न सहजीकरण गर्ने प्रस्तावमा हालै हस्ताक्षर गरेका छन् ।
एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले भने, “फ्रेन्को–जर्मन इन्जिनले कारबाहीका लागि दबाब दिइरहेको छ।”
इयूप्रमुख उर्सुला भोन डेर लेयेनले यसै साताको सुरुमा ‘आप्रबासी फिर्ताको प्रक्रियालाई व्यवस्थित गर्न’ सुधारको वाचा गर्दै प्रक्रिया सुरु गरेको छन् ।
इयूलाई लेखेको पत्रमा उनले इयूबाहिर निर्वासन केन्द्र विकास गर्ने विवादास्पद विचारउल्लेख गरेको छन् ।
तर इयूका एक कूटनीतिज्ञले यो विचार ‘अस्पष्ट र प्रारम्भिक’ भएको र यसका लागि यस चरणमा कुनै वास्तविक योजना नभएको र शिखर सम्मेलनमा कुनै ‘प्रमुख निर्णय’ को अपेक्षा नगरिएको बताए ।
कानुनी र नैतिक मुद्दाहरूले भरिएको विषयको असहमतिले २०१८ मा यस्तै सुधार प्रयास असफल भएको थियो । अहिले पनि स्पेनले पहिले नै आफ्नो विरोध स्पष्ट गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: