Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

इयूको शिखर सम्मेलनमा आप्रवासनको विषयमा बृहत् छलफल हुने अपेक्षा

खबरडबली संवाददाता

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) का नेताहरूले आप्रवासनसम्बन्धी नियमलाई कडा बनाउने बिषयमा बिहीबार ब्रसेल्समा हुने शिखर सम्मेलनमा छलफल गर्ने भएका छन् ।

शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनका लागि समर्थन, मध्य पूर्व सङ्कटलगायत अन्य मुख्य मुद्दाहरू छलफलमा ल्याइनेछ ।

आप्रवासन वार्ताको पूर्वसन्ध्यामा इटालीका कट्टर दक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले पत्रकारहरूसँग भने, “व्यावहारिक समाधानका लागि काम गर्ने इच्छा ।’’

रोमले समान विचारधारा भएका देशहरूसँग साझा दृष्टिकोणको बारेमा छलफल गर्न मुख्य कार्यक्रमको ठीक अगाडि मिनी–शिखर सम्मेलनको आयोजना गरिरहेको छ । यसै हप्ता केही आप्रवासीहरूलाई अल्बानियामा पठाउन सुरु गरिएको छ । तिरानासँगको ब्रसेल्सको सम्झौताबारे इयूका अन्य राजधानीहरूले गहिरो चासो देखाएका छन् ।

स्लोभेनियाका प्रधानमन्त्री रोबर्ट गोलोबले यो कदमलाई ‘पाइलट प्रोजेक्ट’ को संज्ञा दिनुभएको छ । आप्रवासनसम्बन्धी लामो समयदेखिको सम्झौतामा सहमति भएको केही महिनापछि मात्र थप सुधारका लागि दबाब दिने राष्ट्रहरूको समूहमा इटाली पनि एक हो ।

सन् २०२३ मा झण्डै एक दशक यताकै उच्च बिन्दुमा पुगेको युरोपेली सङ्घमा अनियमित सीमा पार गर्ने क्रम यस वर्ष ४० प्रतिशतभन्दा बढीले घटेको इयूको सीमामामिला हेर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।

इयूका एक वरिष्ठ कूटनीतिज्ञका अनुसार इयूका २७ राष्ट्रमध्ये धेरैले आप्रवासनलाई ‘अत्यावश्यक घरेलु समस्याका रूपमा हेरिरहेका छन् ।

आप्रवासी विरोधी भावनामा राजनीति गरिरहेका कट्टर दक्षिणपन्थी पार्टीहरूले जुनमा युरोपेली चुनावमा राम्रो प्रदर्शन गरे र नेदरल्याण्ड्स, अस्ट्रिया र जर्मनीमा हालैको राष्ट्रिय र क्षेत्रीय मतमा शीर्ष स्थान हासिल गरेका छन् । यस ९गृष्म० याममा मध्यावधि चुनावपछि फ्रान्स पनि दक्षिणपन्थीतर्फ ढल्केको छ ।

केही राष्ट्रहरू यस वर्ष भएको ऐतिहासिक आप्रवासन सम्झौताको शीघ्र कार्यान्वयन चाहन्छन् । यसले सीमा प्रक्रियालाई कडा बनाएको छ र देशहरूले ‘अग्रपङ्तीका’ राज्यले शरण खोज्नेहरूलाई लिन वा पैसा र स्रोतहरू प्रदान गर्न आवश्यक छ ।

तर सन् २०२६ को जुनदेखि लागू हुने यो प्याकेज भने कम हुने कतिपयको भनाइ छ ।

फ्रान्स र जर्मनीलगायत युरोपेली सङ्घका अधिकांश देशले अनियमित आप्रवासीलाई देश निकाला गर्न सहजीकरण गर्ने प्रस्तावमा हालै हस्ताक्षर गरेका छन् ।

एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले भने, “फ्रेन्को–जर्मन इन्जिनले कारबाहीका लागि दबाब दिइरहेको छ।”

इयूप्रमुख उर्सुला भोन डेर लेयेनले यसै साताको सुरुमा ‘आप्रबासी फिर्ताको प्रक्रियालाई व्यवस्थित गर्न’ सुधारको वाचा गर्दै प्रक्रिया सुरु गरेको छन् ।

इयूलाई लेखेको पत्रमा उनले इयूबाहिर निर्वासन केन्द्र विकास गर्ने विवादास्पद विचारउल्लेख गरेको छन् ।

तर इयूका एक कूटनीतिज्ञले यो विचार ‘अस्पष्ट र प्रारम्भिक’ भएको र यसका लागि यस चरणमा कुनै वास्तविक योजना नभएको र शिखर सम्मेलनमा कुनै ‘प्रमुख निर्णय’ को अपेक्षा नगरिएको बताए ।

कानुनी र नैतिक मुद्दाहरूले भरिएको विषयको असहमतिले २०१८ मा यस्तै सुधार प्रयास असफल भएको थियो । अहिले पनि स्पेनले पहिले नै आफ्नो विरोध स्पष्ट गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending