Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदीले रूसको भ्रमण गर्ने

खबरडबली संवाददाता

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्ने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ । 

ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्नेगरि तयार पारिएको संक्षिप्त रूप हो । वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीको बावजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर रहँदै आएको छ । 

मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको विरोध गरेको छैन । यसको सट्टा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्न मध्यस्थकर्ताको रूपमा भारतले आफूलाई प्रस्ताव गरेको छ । भारतीय विदेश मन्त्रालयले भोल्गा नदीको किनारमा रहेको कजान शहरमा हुने शिखर सम्मेलनमा भाग लिन मोदी अक्टोबर २२ र २३ मा रुस जाने जनाएको छ ।

गत जुलाईमा मस्कोको भ्रमण गरेका प्रधानमन्त्री मोदीको यो उकै बर्षमा हुन लागेको दोस्रो रूस भ्रमण हो । रूस भारतका लागि तेल र हतियारको महत्वपूर्ण आपूर्तिकर्ता हो तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको रूसको साझेदारी प्रश्नचिन्ह खडाभएको छ ।

युक्रेन युद्धले भारतलाई परम्परागत रूपमा यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रूसको सट्टा हतियारका लागि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ । युरोपमा परम्परागत खरीदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको एक विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीय रूपमा उनीहरूको आर्थिक सम्बन्धलाई पुनः संरचना गरेको छ, भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन अर्बौँ डलर योगदान गरेको छ । 

सन् २००९ मा ब्राजिल,रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच सदस्य राष्ट्रको प्रारम्भिक अक्षरबाट स्थापित यस सङ्गठनमा इरानलगायत मध्यपूर्वका देशहरूलाई पनि समेटिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले यसै महिना सम्मेलनमा २४ देशका नेता सहभागी हुने बताएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविलाई विष्णु रिजालको जवाफ: सरकार मरेको होइन, सक्रिय भएको हो

काठमाडौं  । नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिँदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन् ।  लामिछानेले आफुविरुद्ध पक्राउ पु...

राष्ट्र बैंकद्वारा सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त ...

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ । समितिका संयो...

सभापति लामिछानेको पक्राउमा अवरोध गर्दैनौं: मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।  पा...

उच्च अदालत पाटनद्वारा धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्क...

नवलपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडीनिवासी ६३ वर्षीय पुरुष जीवबहादुर थि...

लामिछानेको प्रश्न: तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री केपी ओलीलाई निशाना साधेका छ...

रास्वपा कार्यालय पुग्याे सिआइबीको टोली

काठमाडाैं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएक...

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको...

फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

फ्रान्स । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy