Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

खार्किभ शहरबाट अन्यत्र जान युक्रेनको सर्वसाधारणलाई आग्रह

खबरडबली संवाददाता

युक्रेन । युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसहरूलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ । सन् २०२२ मा मस्कोले आफ्नो आक्रमण सुरु गरेको छ महिनापछि किएभले रूसबाट फिर्ता लिएको उक्त क्षेत्रका सर्वसाधारणलाई घर छोडी सुरक्षित स्थलतर्फ जान खार्किभले आग्रह गरेको हो ।

उत्तरपूर्वी खार्किभ क्षेत्रको प्रमुख रेल केन्द्र कुपियान्स्कले पछिल्लो समयमा मस्कोका सेनाहरू सहरको केही क्षेत्र भित्र पुग्दा घातक आक्रमणको सामना गर्नु परेको छ । “निरन्तरको आक्रमणको कारण त्यहाँका बासिन्दालाई बिजुली र पानीलगाएतका आधारभुत आवाश्यकतासमेत उपलब्ध गराउन नसकेको यस क्षेत्रका गभर्नरले बताएका छन् । उनका अनुसार कुपियान्स्क र नजिकैका तीन समुदायका सबै नागरिकहरूलाई उक्त स्थान  छोड्न आदेश दिइएको छ । 

गभर्नर ओलेग सिनेगुबोभले आफ्नो टेलिग्राममार्फत् यस क्षेत्रका दश हजार मानिसहरूलाई निस्कासन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार घर छोडी सुरक्षित स्थलतर्फ पलायन हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि मस्कोले कुपियान्स्कलाई कब्जा गरेको थियो भने युक्रेनी सेनाले लगभग छ महिनापछि यसलाई पुनः कब्जा गरेको थियो । 

युद्धअघि यस क्षेत्र करिव ३० हजार मानिसहरूको वासस्थान थियो । बारम्बारको रूसी आक्रमणले गर्दा यस क्षेत्रका धेरै भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् धने दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ । यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता रूससँगको युद्ध अन्त्य गर्ने आफ्नो दृष्टिकोण तय गर्दै महत्वाकाङ्क्षी ‘विजय योजना’ सार्वजनिक गरेका छन् । 

रूस पूर्वी युक्रेनका क्षेत्रमा महिनौंदेखि अगाडि बढिरहेको छ भने किएभको सेनाले थकान र जनशक्तिको अभावको सामना गरिरहेको कारण दशौं साना सहर र गाउँहरू रूसको कब्जामा परेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE