Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

खार्किभ शहरबाट अन्यत्र जान युक्रेनको सर्वसाधारणलाई आग्रह

खबरडबली संवाददाता

युक्रेन । युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसहरूलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ । सन् २०२२ मा मस्कोले आफ्नो आक्रमण सुरु गरेको छ महिनापछि किएभले रूसबाट फिर्ता लिएको उक्त क्षेत्रका सर्वसाधारणलाई घर छोडी सुरक्षित स्थलतर्फ जान खार्किभले आग्रह गरेको हो ।

उत्तरपूर्वी खार्किभ क्षेत्रको प्रमुख रेल केन्द्र कुपियान्स्कले पछिल्लो समयमा मस्कोका सेनाहरू सहरको केही क्षेत्र भित्र पुग्दा घातक आक्रमणको सामना गर्नु परेको छ । “निरन्तरको आक्रमणको कारण त्यहाँका बासिन्दालाई बिजुली र पानीलगाएतका आधारभुत आवाश्यकतासमेत उपलब्ध गराउन नसकेको यस क्षेत्रका गभर्नरले बताएका छन् । उनका अनुसार कुपियान्स्क र नजिकैका तीन समुदायका सबै नागरिकहरूलाई उक्त स्थान  छोड्न आदेश दिइएको छ । 

गभर्नर ओलेग सिनेगुबोभले आफ्नो टेलिग्राममार्फत् यस क्षेत्रका दश हजार मानिसहरूलाई निस्कासन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार घर छोडी सुरक्षित स्थलतर्फ पलायन हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि मस्कोले कुपियान्स्कलाई कब्जा गरेको थियो भने युक्रेनी सेनाले लगभग छ महिनापछि यसलाई पुनः कब्जा गरेको थियो । 

युद्धअघि यस क्षेत्र करिव ३० हजार मानिसहरूको वासस्थान थियो । बारम्बारको रूसी आक्रमणले गर्दा यस क्षेत्रका धेरै भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् धने दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ । यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता रूससँगको युद्ध अन्त्य गर्ने आफ्नो दृष्टिकोण तय गर्दै महत्वाकाङ्क्षी ‘विजय योजना’ सार्वजनिक गरेका छन् । 

रूस पूर्वी युक्रेनका क्षेत्रमा महिनौंदेखि अगाडि बढिरहेको छ भने किएभको सेनाले थकान र जनशक्तिको अभावको सामना गरिरहेको कारण दशौं साना सहर र गाउँहरू रूसको कब्जामा परेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फरार जिबीका दुई दाइसहित १४ विरुद्ध पक्राउ पुर्जी

पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो ।  आजको ...

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...

बाढी, पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।  प्रधानमन्त...

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...

पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल ...

रवि लामिछाने पक्राउ, आजै पोखरा लगिदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो ...

रविलाई विष्णु रिजालको जवाफ: सरकार मरेको होइन, सक्रिय भएको हो

काठमाडौं  । नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिँदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन् ।  लामिछानेले आफुविरुद्ध पक्राउ पु...

राष्ट्र बैंकद्वारा सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy