Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

फरार जिबीका दुई दाइसहित १४ विरुद्ध पक्राउ पुर्जी

खबरडबली संवाददाता

पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका दुई दाइ र एक साढुभाइविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जिबी मुख्य जिम्मेबार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष छ । संसदीय छानबिन समितिले लामिछानेलाई समेत कारबाही गर्नुपर्ने यकिन गरेको थियो । समितिको निष्कर्षमा लामिछानेबारे लेखिएको छ, “परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ ।” कास्की प्रहरीले शुक्रबारै प्रहरी प्रधान कार्यालयसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्राचार गरी लामिछानेलाई पक्राउ गरी कास्की पठाइदिन पत्राचार गरेको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध पुर्जी जारी भएको छ । 

अनन्तबाबु जिबीका जेठा दाइ र देवेन्द्रबाबु माइला दाइ छन, भने दीपक लामा साढु दाइ छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर २ घर स्थायी घर भए पनि अहिले जिबीको परिवारका कोही पनि गाउँमा छैनन् । सुनकोशी–२ का वडाध्यक्ष प्रकाश सापकोटाले जिबीको परिवारका अहिले कोही पनि गाउँमा नरहेको जानकारी दिए । 

संसदीय छानबिन समितिको प्रतिवदेन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै सूर्यदर्शनको अनुसन्धान अघि बढेको हो । कास्की प्रहरीले सूर्यदर्शन र गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेकोमा शुक्रबार २० दिन म्याद थप भएको छ । दसैं बिदाका कारण अदालत बन्द रहेकाले म्याद सकिएको १५ दिनपछि प्रहरीले जोशीलाई शुक्रबार अदालत उपस्थित गराएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशी अब थप पाँच दिन थुनामा रहने र अनुसन्धान जारी रहेको जानकारी दिए । शर्मा सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अधिकारीसमेत छन् । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वका कारण चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर...

भक्तपुरमा ढकमक्क मखमली र सयपत्री

भक्तपुर । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देख...

सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

काठमाडौं । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् । एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उ...

विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते...

फरार जिबीका दुई दाइसहित १४ विरुद्ध पक्राउ पुर्जी

पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो ।  आजको ...

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...

बाढी, पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।  प्रधानमन्त...

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy