Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

महिलाले गरे डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार

खबरडबली संवाददाता

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो ।

डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक सङ्गीता ओझाले जानकारी दिइन् । सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट पनि बिक्री वितरण गरिने ओझाले बताइन्।

उनका अनुसार डेरी उद्योगमार्फत मासिक रु १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।

देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपानलन, तरकारीखेती तथा सामूहिक रुपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ ।

उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन् ।

उनका अनुसार दूधबाट दुग्धजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवालगायत उत्पादन हुँदै आएको छ । सहकारीमा हाल सात सय ९४ जना शेयर सदस्य रहेका छन् ।

सहकारीमा देवघाटको वडा नं १, ४ र ५ का महिला सदस्य छन् । शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दुग्धजन्य वस्तु उत्पादनगरी बिक्री गर्दै आइएको छ । उत्पादित दुग्धजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोटलगायत बजारमा डेरी पसलमार्फत बिक्री गर्दै आएको छ ।

अध्यक्ष पन्तले भने, “बचत सङ्कलन तथा ऋण लगानीमार्फत शेयर सदस्यलाई व्यवसायमा सघाउने तथा उनीहरुको आर्थिक अवस्था सुधार्ने सहकारीको उद्देश्य हो । पछिल्लो समय सहकारीका सदस्य मिलेर समूह बनाएर सामूहिक रुपमा अदुवा र बेसारखेती गरेका छन् ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने प्रहरी हिरासतमा, पाेखरामा सुरक्षा व्यवस्था कडा

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ परी रातारात पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति ...

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

काठमाडौँ । नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी- २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको ट...

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

काठमाडौँ । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । ...

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

काठमाडौँ । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । ...

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस

जनकपुर ।  मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् । पछिल्लो समय युवाह...

सरकार मरेपनि न्यायलय मरेको छैनः डिपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्र...

राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गर्‍योः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका...

प्रहरीले गर्यो जग्गादातालाई सम्मान

काठमाडौं । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्म...

माओवाादी अध्यक्ष प्रचण्ड पुगे जनार्दनलाई लिएर चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।  चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड उपमहासचिव ...

लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy