पर्सा। वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिएको बताए।
उनले भने,‘‘घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलिमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्दै आइरहेको छ । पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी दिइसकेका छौँ ।’’ तराई –मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतीको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए ।‘‘छडपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,’’ उनले भने । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ता विगतका वर्षमा भन्दा पनि यो आकर्षक खालका बत्ती र पण्डाल राखिने दाबी गरे ।
‘‘छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ,’’ उनले भने, ‘‘घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको छ । अब हामीले तेस्रो मुलुकबाट आउने पर्यटकलाई पनि छठको रौनकता देखाउन जरुरी भइसकेको छ ।’’ सहसचिव गुप्ताले घडीअर्वा पोखरीको सजावट र डेकेरेसनले मुलुकभरका दर्शनार्थीलाई मोहित पार्ने भएकाले पनि यस वर्ष एक लाखभन्दा धेरै दर्शनार्थीले घडीअर्वा पोखरीको अवलोकन गर्ने दाबी गरे।
समितिका अध्यक्ष कानुले छठ पूजाको सजावट र व्यवस्थापनको लागि करिव १७ लाख खर्च लाग्ने अनुमान रहेको जानकारी दिए। ‘‘छठपर्वका लागि आवश्यक पर्ने खर्चका व्यवस्थापनको लागि ऐच्छिक रुपमा रु दुई सय ५० को टिकट काट्ने व्यवस्था गरेका छौँ,’’ उनले भने, ‘‘छठ पर्वमा घडिअर्वा पोखरी दर्शन र पूजापाठका लागि भने कुनै शूल्क लाग्ने छैन ।’’ समितिका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि घडीअर्वा पोखरीको चारैतर्फ झिलिमिलि बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: