जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड बराबरको भौतिक क्षति भएको छ ।
साथै सिँचाइ प्रणालीमा पुर्याएको क्षतिका कारण सिँचाइको कार्यमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए । बाढीले सो कार्यालयअन्र्तगत झाँझ सिँचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको (बैक) डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा हेडवक्र्समा क्षति पुर्याएको बताइएको छ ।
झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिकरुपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ । रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो ।
भाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको हो । उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए । समयमा मर्मत नगरेमा त्यहाँ आउँदो हिउँदे बालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था रहेको प्रमुख भगतले बताए ।
उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९/४० बाट सुरु भई २०४४/४५ बाट कार्यान्वयनमा आएको बताइएको छ । कार्यालयअन्तर्गत सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको प्राप्त विवरणमा उल्लेख गरिएको छ ।
रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको छ । अर्थात सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पुर्याउँदै आएको कार्यालयले जनाएको छ । सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालय प्रमुख भगतले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३ गते, २०८१ - २०:५५
जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जनता स...
कार्तिक ३ गते, २०८१ - २०:४३
स्याङ्जा । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो । पुरीको तीन ...
कार्तिक ३ गते, २०८१ - २०:२५
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४-१ गोल अन...
कार्तिक ३ गते, २०८१ - २०:१५
मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्नेमा जोड दिएका छन् । शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्...
कार्तिक ३ गते, २०८१ - २०:०८
त्रिशूली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्यु...
कार्तिक ३ गते, २०८१ - १९:५३
त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...
कार्तिक ३ गते, २०८१ - १९:४३
झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...
कार्तिक ३ गते, २०८१ - १९:०१
काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...
कार्तिक ३ गते, २०८१ - १८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...
कार्तिक ३ गते, २०८१ - १८:५३
काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: