काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ ।
विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरुले कति समय लाग्छ थाहा नभएको बताएका छन् । क्युबामा पहिले नै लामो विद्युत कटौती भएको थियो, जसका कारण देशका प्रधानमन्त्रीले 'ऊर्जा संकटकाल' घोषणा गर्नुपरेको थियो ।
यद्यपि, शुक्रबार, मातान्जासमा देशको सबैभन्दा ठूलो एन्टोनियो गुटेरेस पावर प्लान्टको विफलताका कारण लगभग सम्पूर्ण देश बिजुली गुमायो । यस उर्जा संकटमा क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले उर्जा संकट समाधान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । यो अवस्था सच्याउन नसक्दासम्म कसैलाई पनि आराम नहुने उनले बताएका छन् ।
शुक्रबार, क्युवाको सरकारले सबै विद्यालय र नाइटक्लबहरू बन्द रहने घोषणा गरेको थियो । साथै, संकटलाई ध्यानमा राख्दै सबै अनावश्यक गतिविधि बन्द गर्न र मानिसहरूलाई घरमै बस्न अपील गरिएको छ । क्युबाली स्थानीय सञ्चारमाध्यमका अनुसार अत्यावश्यकबाहेकका सरकारी सेवाहरू निलम्बन गरिएको छ । जनतालाई फ्रिज र त्यस्ता बिजुली खपत गर्ने उपकरणहरू बन्द राख्न पनि अपिल गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - २१:०३
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिट...
मंसिर ७ गते, २०८१ - २०:४८
काठमाडाैं । नेकपा एमालेकाे जागरणसभाले दरबारमार्ग सडकमा फोहोर गरेको भन्दै काठमाडाैं महानगरले एक लाख जरिवाना गरेकाे छ । शुक्रवार काठमाडौंको दरबारमार...
मंसिर ७ गते, २०८१ - २०:२९
चितवन । वैदेशिक रोजगारीका लागि निःशुल्क विदेश पठाइदिन्छु भनी पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ ।...
मंसिर ७ गते, २०८१ - २०:२६
कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापु...
मंसिर ७ गते, २०८१ - २०:११
दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घ...
मंसिर ७ गते, २०८१ - २०:०७
धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोध...
मंसिर ७ गते, २०८१ - १९:५६
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार
मंसिर ७ गते, २०८१ - १९:४६
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएक...
मंसिर ७ गते, २०८१ - १९:२३
काठमाडौँ । युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ । युक्रेनी सांसद येभगेनिया क्रभचुकल...
मंसिर ७ गते, २०८१ - १८:३९
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बु...
प्रतिकृया लेख्नुहोस्: