Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ ।

जसमा पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चेक प्वाईन्टबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित पर्सागढी नगरपालिका-६ हरपुर बस्ने ३५ वर्षीय वैद्यनाथ प्रसाद यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले खजुरियाबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-६ दमौली बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित बालाराम बाजुरा होटलबाट अवैध लागूऔषध चरेश २२ ग्राम ८ सय ४० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपालिका-१ गोदाम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने २१ वर्षीय पंकज साहलाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, गढी गाउँपालिका-३ चक्रघट्टी टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित हाल वतन नखुलेका अखतर अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको संयुक्त टोलीले को.१४ प ३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ शान्ति टोल बस्ने २९ वर्षीया सोफिया तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ धरान उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय कमल कार्कीको रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार २ सय ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय दिनेश रामलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा को.१ च ५३८३ नम्बरको भ्यानलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामले बोकेको झोला भूइमा झरेको र मोटरसाइकल चालक फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी रामलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद राई, ५६ वर्षीय राजेश क्षेत्री र २६ वर्षीय रोहित विश्वकर्मा रहेका छन् । विनोदको घरमा लागूऔषध बिक्री वितरण तथा सेवन भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-८ सिक्टा नहरस्थित पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पिपिरी बस्ने २४ वर्षीय शंखर यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सप्तरी, सप्तकोशी नगरपालिका-१० गंगाजली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्राम सहित कन्चनरूप नगरपालिका-५ धरमपुर बस्ने २२ बर्षीय प्रदिप यादवलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम सहित काभ्रेपलान्चोक साबिक भिमखोरी गाविस-८ बस्ने २६ वर्षीय होम कुमार मैनालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending