Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

सत्ताको आडमा कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेललाई उन्मुक्ति

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ दुई प्रमुख दलका सांसद धनराज गुरुङ र ऋषिकेश पोखरेल सहकारी बचत अपचलनमा मुछिए पनि उनीहरूमाथि अनुसन्धान भएको छैन । श्रीमतीलाई अघि सारेर गरेको कारोबारमा दुवै नेता दोषी रहेको उजुरी परे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छैन ।

ललितपुरको मितेरी सहकारीमा महाप्रबन्धक रहेकी ज्योति गुरुङ अहिले सम्पर्कविहीन छिन् भने मोरङको उमागौरी सहकारीकी तत्कालीन सञ्चालक अञ्जला कोइराला (पोखरेल) बैंकको कालोसूचीमा छिन् ।

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर भण्डारीसँग मिलेर रकम अपचलन गरेको उजुरी सहकारीले नै दिएको थियो । मितेरीका सञ्चालक बोधविक्रम थापाले साँवा र ब्याजसहित १४ करोड रकम हिनामिना गरेको आरोपमा ज्योति गुरुङ, धनराज गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारीलाई आरोपी बनाइएको थियो । उजुरीमा कृपेश, अर्जुन, टेकेन्द्र र सरोज नामका व्यक्तिलाई पनि आरोपी बनाइएको थियो । तर, सत्तारूढ कांग्रेस उपसभापतिमाथि अहिलेसम्म अनुसन्धान भएको छैन ।

प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु भएको उल्लेख गर्दै तथ्य र प्रमाणले भेटेसम्म कसैलाई उन्मुक्ति नदिने दाबी गरेको छ । ‘ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वाग्मती प्रदेश सरकार र सहकारी सञ्चालक दुवैबाट प्रहरीमा जाहेरी आएको छ । त्यसअनुसार सीआईबीबाट अनुसन्धान अघि बढाइसकेका छौं,’ सीआईबीका एक अधिकारी भन्छन्, ‘ठगीमा जो–जो देखिन्छन्, उनीहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइन्छ । अपराधको अनुसन्धान व्यक्ति होइन, तथ्य र प्रमाणले टुंगो लगाउँछ ।’

२०५७ को जेठ १२ मा कांग्रेस नेता धनराज गुरुङको सिफारिसमा सहकारीको सहायक स्तरमा नियुक्त ज्योति २०५७ साउन २५ मा एकाउन्टेन्ट, २०७० वैशाख ४ मा सिनियर एकाउन्टेन्ट हुँदै संस्थाको महाप्रबन्धक पदमा कार्यरत रहेकामा संस्थाका सदस्य, बचतकर्ताहरू र सहकारी संस्थाको रकम हिनामिना गरेको उजरी छ । उनले ज्योति भण्डारीसँग मिलेर २०७९ फागुन ४ सम्म १२ करोड ५० लाख हिनामिना गरेको दाबी छ । यो रकमको ब्याजसहित अहिले १४ करोड पुगेको छ ।

यो विषय स्वयं धनराजलाई पनि जानकारी रहेको सञ्चालकहरूको दाबी छ । पटक–पटक गरी सहकारीको रकम मिटरब्याजमा लगाएर हिनामिना गरेको भेटिएपछि सहकारी सञ्चालकहरूले धनराज दम्पतीलाई राखेर छलफल नै गरेको र रकम जसरी पनि फिर्ता गर्ने प्रतिबद्धता २०७६ पुसमा गरेको विषय जाहेरीमै उल्लेख छ । तर, दुई महिनापछि २०७६ फागुनमा धनराज र ज्योतिबीच अदालतबाटै सम्बन्धविच्छेद गराइएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग सोधपुछ गरेको थियो । समितिका सभापति तथा सदस्यहरूको प्रश्नको जवाफमा कुम्भराजको भनाइ थियो, ‘धनराज गुरुङले सहकारीको रकम हिनामिनाबाट जोगिनकै लागि ‘कागजी’ डिभोर्स गरेका हुन्, यो वास्तविक होइन ।’ हुन पनि, सम्बन्धविच्छेदपछि २०७७ फागुन ३ मा ज्योतिलाई श्रीमतीकै हैसियतमा हकवाला राखेर सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए ।

सम्बन्धविच्छेद हुनु अगाडि घर बनाउने प्रयोजनका लागि भन्दै धनराजले करिब १ करोड ८० लाख रुपैयाँ सोही सहकारीबाट ऋण लिएका थिए । उक्त ऋण भुक्तानी नहुँदै गुरुङले २०७७ फागुनमा थप १२ लाख ऋण लिएको स्विकारेका छन् । तर, यसको तमसुकमा हकवालामा ज्योति गुरुङको नाम छ, जबकि एक वर्षअघि नै उनीहरूको सम्बन्धविच्छेदको अदालती कागज बनिसकेको थियो ।

त्यस्तै संसद्को सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेल पनि श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोप छ । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अञ्जलासहित सञ्चालक कालोसूचीमा परेका छन् । पीडितले नामै तोकेर उजुरी दिए पनि कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले प्रहरीमा फाइल पठाउँदा अञ्जलाको नाम गायब पारेको छ ।

सहकारी सञ्चालकहरूका अनुसार नेता पोखरेलले शिक्षकसमेत रहेकी पत्नी अञ्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए । करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ । स्थापनाकालदेखिका सबै कागजपत्र गायब पारिएको बचतकर्ताको भनाइ छ । २०७२ देखि सञ्चालक रहेकी अञ्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् । 

अध्यक्ष शम्भुप्रसाद रौनियार ‘चेक बाउन्स’ मुद्दामा पक्राउ परेका थिए । सहकारीपीडितले अञ्जलासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका थिए । रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । तर, सर्वसाधारण बचतकर्ताले दिएको उजुरीमा नाम भए पनि सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भने पोखरेल पत्नीको नाम गायब पारिएको छ ।

सहकारीका बचतकर्ताहरूका अनुसार सहकारीका ऋणीले बुझाएको कागजपत्र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण लिइएको छ । ‘सहकारीबाट एकाध लाख कर्जा लिँदा ऋणीहरूले बुझाएका कागजपत्र बैंकमा राखेर सञ्चालकहरूले ठूलो मात्रामा रकम लिएको भेटिएको छ । यो विषयमा ऋणीहरूलाई जानकारीसमेत थिएन । अझ, बचतकर्ताको २ करोड ३ लाख ५४ हजार पनि सञ्चालकहरूले हिनामिना गरेका छन्,’ एक बचतकर्ताले भने । सहकारीले संस्थागत रूपमा लिएको ऋण पनि भुक्तान गरेको छैन ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०७९ कात्तिक १६ मा सूचना जारी गर्दै कर्जा चुक्ता गर्न उमागौरी कृषि सहकारीका नाममा ३५ दिने सार्वजनिक सूचना निकालेको थियो । सूचनामा अञ्जलाको नाम र तस्बिरसमेत उल्लेख थियो । त्यसपछि पनि सहकारीले ऋण नतिरेपछि आरएसडीसी लघुवित्तले २०७९ चैत १२ मा उमागौरी सहकारीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, प्रहरीले अञ्जलालाई भने उन्मुक्ति दिन खोजेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending