Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सत्ताको आडमा कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेललाई उन्मुक्ति

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ दुई प्रमुख दलका सांसद धनराज गुरुङ र ऋषिकेश पोखरेल सहकारी बचत अपचलनमा मुछिए पनि उनीहरूमाथि अनुसन्धान भएको छैन । श्रीमतीलाई अघि सारेर गरेको कारोबारमा दुवै नेता दोषी रहेको उजुरी परे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छैन ।

ललितपुरको मितेरी सहकारीमा महाप्रबन्धक रहेकी ज्योति गुरुङ अहिले सम्पर्कविहीन छिन् भने मोरङको उमागौरी सहकारीकी तत्कालीन सञ्चालक अञ्जला कोइराला (पोखरेल) बैंकको कालोसूचीमा छिन् ।

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर भण्डारीसँग मिलेर रकम अपचलन गरेको उजुरी सहकारीले नै दिएको थियो । मितेरीका सञ्चालक बोधविक्रम थापाले साँवा र ब्याजसहित १४ करोड रकम हिनामिना गरेको आरोपमा ज्योति गुरुङ, धनराज गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारीलाई आरोपी बनाइएको थियो । उजुरीमा कृपेश, अर्जुन, टेकेन्द्र र सरोज नामका व्यक्तिलाई पनि आरोपी बनाइएको थियो । तर, सत्तारूढ कांग्रेस उपसभापतिमाथि अहिलेसम्म अनुसन्धान भएको छैन ।

प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु भएको उल्लेख गर्दै तथ्य र प्रमाणले भेटेसम्म कसैलाई उन्मुक्ति नदिने दाबी गरेको छ । ‘ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वाग्मती प्रदेश सरकार र सहकारी सञ्चालक दुवैबाट प्रहरीमा जाहेरी आएको छ । त्यसअनुसार सीआईबीबाट अनुसन्धान अघि बढाइसकेका छौं,’ सीआईबीका एक अधिकारी भन्छन्, ‘ठगीमा जो–जो देखिन्छन्, उनीहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइन्छ । अपराधको अनुसन्धान व्यक्ति होइन, तथ्य र प्रमाणले टुंगो लगाउँछ ।’

२०५७ को जेठ १२ मा कांग्रेस नेता धनराज गुरुङको सिफारिसमा सहकारीको सहायक स्तरमा नियुक्त ज्योति २०५७ साउन २५ मा एकाउन्टेन्ट, २०७० वैशाख ४ मा सिनियर एकाउन्टेन्ट हुँदै संस्थाको महाप्रबन्धक पदमा कार्यरत रहेकामा संस्थाका सदस्य, बचतकर्ताहरू र सहकारी संस्थाको रकम हिनामिना गरेको उजरी छ । उनले ज्योति भण्डारीसँग मिलेर २०७९ फागुन ४ सम्म १२ करोड ५० लाख हिनामिना गरेको दाबी छ । यो रकमको ब्याजसहित अहिले १४ करोड पुगेको छ ।

यो विषय स्वयं धनराजलाई पनि जानकारी रहेको सञ्चालकहरूको दाबी छ । पटक–पटक गरी सहकारीको रकम मिटरब्याजमा लगाएर हिनामिना गरेको भेटिएपछि सहकारी सञ्चालकहरूले धनराज दम्पतीलाई राखेर छलफल नै गरेको र रकम जसरी पनि फिर्ता गर्ने प्रतिबद्धता २०७६ पुसमा गरेको विषय जाहेरीमै उल्लेख छ । तर, दुई महिनापछि २०७६ फागुनमा धनराज र ज्योतिबीच अदालतबाटै सम्बन्धविच्छेद गराइएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग सोधपुछ गरेको थियो । समितिका सभापति तथा सदस्यहरूको प्रश्नको जवाफमा कुम्भराजको भनाइ थियो, ‘धनराज गुरुङले सहकारीको रकम हिनामिनाबाट जोगिनकै लागि ‘कागजी’ डिभोर्स गरेका हुन्, यो वास्तविक होइन ।’ हुन पनि, सम्बन्धविच्छेदपछि २०७७ फागुन ३ मा ज्योतिलाई श्रीमतीकै हैसियतमा हकवाला राखेर सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए ।

सम्बन्धविच्छेद हुनु अगाडि घर बनाउने प्रयोजनका लागि भन्दै धनराजले करिब १ करोड ८० लाख रुपैयाँ सोही सहकारीबाट ऋण लिएका थिए । उक्त ऋण भुक्तानी नहुँदै गुरुङले २०७७ फागुनमा थप १२ लाख ऋण लिएको स्विकारेका छन् । तर, यसको तमसुकमा हकवालामा ज्योति गुरुङको नाम छ, जबकि एक वर्षअघि नै उनीहरूको सम्बन्धविच्छेदको अदालती कागज बनिसकेको थियो ।

त्यस्तै संसद्को सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेल पनि श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोप छ । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अञ्जलासहित सञ्चालक कालोसूचीमा परेका छन् । पीडितले नामै तोकेर उजुरी दिए पनि कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले प्रहरीमा फाइल पठाउँदा अञ्जलाको नाम गायब पारेको छ ।

सहकारी सञ्चालकहरूका अनुसार नेता पोखरेलले शिक्षकसमेत रहेकी पत्नी अञ्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए । करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ । स्थापनाकालदेखिका सबै कागजपत्र गायब पारिएको बचतकर्ताको भनाइ छ । २०७२ देखि सञ्चालक रहेकी अञ्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् । 

अध्यक्ष शम्भुप्रसाद रौनियार ‘चेक बाउन्स’ मुद्दामा पक्राउ परेका थिए । सहकारीपीडितले अञ्जलासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका थिए । रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । तर, सर्वसाधारण बचतकर्ताले दिएको उजुरीमा नाम भए पनि सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भने पोखरेल पत्नीको नाम गायब पारिएको छ ।

सहकारीका बचतकर्ताहरूका अनुसार सहकारीका ऋणीले बुझाएको कागजपत्र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण लिइएको छ । ‘सहकारीबाट एकाध लाख कर्जा लिँदा ऋणीहरूले बुझाएका कागजपत्र बैंकमा राखेर सञ्चालकहरूले ठूलो मात्रामा रकम लिएको भेटिएको छ । यो विषयमा ऋणीहरूलाई जानकारीसमेत थिएन । अझ, बचतकर्ताको २ करोड ३ लाख ५४ हजार पनि सञ्चालकहरूले हिनामिना गरेका छन्,’ एक बचतकर्ताले भने । सहकारीले संस्थागत रूपमा लिएको ऋण पनि भुक्तान गरेको छैन ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०७९ कात्तिक १६ मा सूचना जारी गर्दै कर्जा चुक्ता गर्न उमागौरी कृषि सहकारीका नाममा ३५ दिने सार्वजनिक सूचना निकालेको थियो । सूचनामा अञ्जलाको नाम र तस्बिरसमेत उल्लेख थियो । त्यसपछि पनि सहकारीले ऋण नतिरेपछि आरएसडीसी लघुवित्तले २०७९ चैत १२ मा उमागौरी सहकारीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, प्रहरीले अञ्जलालाई भने उन्मुक्ति दिन खोजेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending