काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।
‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ’ विजडमट्री कमोडिटी रणनीतिकार नितेश शाहले रोयटर्सलाई भनेका छन् । त्यस्तै अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको उनले टिप्पणी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: