Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

तिहारका लागि फूल तयार, प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं ।   तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । 

घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन् । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए । यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाए । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट रहेका छन् । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भने । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालोकाा हुन् । 

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन्  । उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गररेका छन् । विगत चार÷पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् । २६ वर्षीय उहाँले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेकाा छन्  । गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गर्नुभएका उनले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसकेका छन् ।  

यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेका छन् । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताए । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उनले भने,“ यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।” 

प्लास्टिकजन्य माला विस्थापित 

तिहारकोे अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ । 
लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएकोे छ ।

जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान

सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने खुर्कोटको बेलिव्रिज

रामेछाप । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्...

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्...

एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

काठमाडाै‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा ...

उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेका छन । जिलको बेलका नगरपालिका–८ मा ४८ वर्षिय दानबहादुर राईले आफ्नै श्रीमति ४० वर्षिय पुर्णकुमा...

कृषि प्राबिधिक विद्यार्थीले गरे व्यावसायिक फूल खेती

उदयपुरकाे त्रियुगा नगरपालिकाले गर्याेे प्लास्टिकजन्य मालाकााे प्रयाेगमा निषेध

तिहारलाई कोसेली कर्णालीको स्याउ

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा स...

श्रीमतीमाथि घरेलु हिंसा गर्दै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार

चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक ...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ ...

प्रहरीले समात्यो ३९ जना जुवाडे

काठमाडौं । राजधानी काठमाडौंसहित दाङ र बाँके जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy