दार्चुला। नेपालको दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर गाउँमा बस्दै आएका सौका समुदायका बासिन्दा गर्मीयामको छ महिना गाउँमा र हिउँदमा सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्छन् ।
सौका समुदायको भाषामा बसाइँसराइ गर्नुलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । गत चैत अन्तिम सातादेखि बसाइँसराइको तयारी गरिरहेको यो समुदायका मानिस भारतले बाटो प्रयोगको अनुमति नदिँदा खलङ्गामै अनुमति कुरेर बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत चैत ३० गते भौगोलिक विकटता र नेपालतर्फबाट हिँड्न सक्ने बाटो नरहेको भन्दै भारतीय बाटो प्रयोग गरी छाङरु र तिङ्कर जाने नागरिकलाई अनुमति दिलाई आवश्यक समन्वय र सहजीकरण गर्न भारतको धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्र पठाएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले व्यास गाउँपालिका–१ ले चैत २३ गते पठाएको पत्रका आधारमा छाङ्रु र तिङ्करका नागरिकलाई भारतीय बाटो प्रयोगका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पत्र पठाएको पुष्टि गरे । तिङ्करका स्थानीय दानसिंह तिङ्करीका अनुसार भारतको बाटो हुँदै कुञ्चा सार्न आवश्यक पर्ने अनुमतिपत्रका लागि भारतीय एसडिएमको कार्यालयमा नेपालको बहुयात्रा अनुमतिपत्र पेस गरेको बताए ।
भारतीय प्रशासनले सुरुमा अप्रिल २५ मा अनुमति दिने आश्वासन दिए पनि अहिले आएर मे १ मा दिने कुरा गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको बाटो भएर कुञ्चा लग्न सकिने अवस्था छैन । तम्बाकु र थी धिर क्षेत्रमा निकै जोखिम छ ।” अत्यधिक हिमपात भएपछि चिसो छल्न गत मङ्सिर पहिलो साता सौका समुदायको कुञ्चा सदरमुकाम खलङ्गा झरेको थियो ।
सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा रहेको तिङ्कर र छाङरुका मानिस भारतीय बाटो हँुदै पैदल कुञ्चा सर्ने गर्छन् । नेपालबाट तिङ्कर र छाङरु गाउँसम्म पुग्ने बाटो सजिलो छैन । उनले भने, “भारतीय बाटो प्रयोग गर्दा सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नु पर्छ । बाटो प्रयोगको अनुमति लिनुपर्नेलगायतका समस्या छ ।”
सरकारले गत माघ १४ गते व्यास घोडेटो बाटो निर्माणका लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेर घोडेटो बाटो निर्माण गरे पनि पहिरो र नदीले कटान गरेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।
छाङरु गाउँमा १२५ र तिङ्कर गाउँमा ७० परिवारको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ ।
आफ्नै भाषा, संस्कृति, मौलिकता र पहिचान भएका आदिवासी जनजाति व्यासी सौका समुदायका मानिस यहाँको साबिकका गाविस व्यास, राप्ला र सितोलामा आदिमकालदेखि बसोबास गर्दै आइरहेका छन् ।
सौका समुदायका मानिसले ‘रं’ भाषा बोल्ने गर्छन् । वर्षभरिमा एक बाली मात्रै खेती हुने व्यासका स्थानीय उवा, नप्पल, फापर, आलुलगायतका अन्नबाली लगाउने गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: