इजरायल । इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक सहयोग गरेको आरोपमा एक समूहलाई लक्षित गरी मिसाइल आक्रमणको नयाँ शृङ्खला सुरु गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
यस अघि आइतबार, इजरायलले उत्तरी गाजाको बेत लाहियामा आक्रमण गर्दा ७३ जनाको मृत्यु भएको तथा अझै कैयौँ जना भग्नावशेषमुनि पुरिएको अल जजिराले समाचारमा उल्लेख गरेको छ ।
उद्धार कार्य जारी रहेको जनाउँदै मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ ।
१६ दिने इजरायली सैन्य घेराबन्दीका कारण गाजामा खाना, पानी र औषधिलगायतका अत्यावश्यक सेवाको पहुँचबाट विमुख भएकाले उत्तरी गाजाको अवस्था भयावह बनेको छ ।
यद्यपि, इजरायली सेनाले उत्तरी गाजामा हालैको आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासको दाबीमा शङ्का व्यक्त गर्दै उक्त आंकडा “अतिरञ्जित’’ भएको जनाएको टाइम्स अफ इजरायलले जनाएको छ ।
यहुदी राज्यको उत्तरी क्षेत्रमा लेबनानी सशस्त्र समूहले प्रहार गरेको रकेटको जवाफमा इजरायलले लेबनानको बेरुतमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ । रिपोर्टअनुसार इजरायलको सेनाद्वारा लेबनानमा गहन अपरेसनसमेत गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घरलाई निसाना बनाई ड्रोन प्रहार गरेपछि आक्रमणको शृङ्खला बढ्दै गएको हो । त्यसको जवाफमा नेतान्याहूले इरानको हिजबुल्लाहलाई ‘गम्भीर गल्ती’ गरेको भन्दै चेतावनीसमेत दिएको छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री नेतान्याहुले ‘हत्या’ प्रयासले इजरायललाई आतङ्कवादी ‘उन्मूलन’ गर्नबाट नरोक्ने बताएको छन्। टाइम्स अफ इजरायलका अनुसार शनिबार लेबनानबाट प्रहार गरिएका अन्य दुई ड्रोनहरू इजरायलद्वारा खसालिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: