Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ

खबरडबली संवाददाता

कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताएका छन् । युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकाय डब्लुएचओ र यसमा संलग्न युरोपेली मुलुकले उद्धारमा सहजीकरण गर्ने बताए । बिहीबार संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले इजरायलले गाजाका स्वास्थ्य संस्थाहरूलाई जानाजानी निशाना बनाएको र त्यहाँका स्वास्थ्यकर्मीहरूको हत्या र यातना दिइरहेको आरोप लगाएका थिए । कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रहरूमा डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले मे महिनामा गाजाबाट लगभग १० हजार मानिसलाई तत्काल चिकित्सा सेवाको लागि बाहिर निकाल्नु आवश्यक रहेको बताएका थिए ।

सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) युरोपले गाजाबाट युरोपका सात वटा देशमा ६०० चिकित्सकीय उद्धारको व्यवस्था गरिसकेको छ । क्लुजले भने, “यदि हामीले वार्ता (खुला) नराखेको भए यो कहिल्यै हुने थिएन ।” “युक्रेनका लागि पनि यही कुरा सत्य हो,” उनले भने । “म सबै साझेदारहरूसँग संवाद (खुला) राखिरहेको छु ।

“अहिले युक्रेनको कब्जामा रहेको क्षेत्र डोनबासमा १५ हजार एचआइभी एड्सका बिरामीले एचआइभी एड्सको औषधि लिइरहेका छन्,” स्वास्थ्यलाई राजनीतिकरण नगर्नुको महत्वमा जोड दिँदै ५५ वर्षीय बेल्जियनले भने । “सबैभन्दा महत्वपूर्ण औषधि शान्ति हो” उनले भने, “द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीलाई काम गर्न दिनुपरेको छ ।” डब्लुएचओका अनुसार फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनका स्वास्थ्य केन्द्रहरूमा करिब दुई हजार आक्रमणहरू दर्ता भएका छन् ।

उनले भने, “एक प्रकारको स्वीकार्यता हुन सक्छ तर यसले हरेक पटक आक्रोश पैदा गर्छ ।” “हामी यसको कडा शब्दमा भत्र्सना गरिरहनेछौं ।” क्लुजले युक्रेनमा तेस्रो पटक हुने युद्धको पूर्वसन्ध्यामा चिन्ता व्यक्त गरेका छन् । उनले भने, “नागरिक ऊर्जा ग्रिडको ८० प्रतिशत क्षतिग्रस्त वा नष्ट भएको छ । अस्पतालहरूमा सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेको हामीले देख्यौं, सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेका थिए ।”

“यो जाडो समय बत्तिको अभावमा निकै कठिन हुनेछ,” उनले भने । युरोपको स्वास्थ्य सेवा प्रणालीमा तनाव भएपनि डब्ल्यूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाली देशहरू पनि सामेल छन् । यहाँका ५३ देशहरू भविष्यको महामारीको तयारीका लागि एकसाथ आउन तयार रहेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending