Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिवविहीन

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिवविहीन भएको छ । प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रमुख सचिव लोकनाथ पौडेल झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् । करिब ७/८ दिनको तालिमका लागि २७ भदौमा बिदामा गएदेखि प्रमुख सचिव पौडेल अहिलेसम्म अनुपस्थित नभएको  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । प्रमुख सचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीलाई समेत मर्का परिरहेको गुनासो छ । 

प्रदेश सांसद श्याम पटेलले भने, ‘प्रमुख सचिवज्यू नहुँदा धेरै काम प्रभावित भएको छ, कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन । जसकारण जनताका धेरै कामहरू प्रक्रियामा छन्, कतिपय ठाउँमा हामीले गालीसमेत खानु परिरहेको छ । तैपनि प्रमुख सचिवज्यूको अत्तोपत्तो छैन ।’ उनले प्रदेशमा नबस्ने भए ठाउँ कब्जा नगर्न आग्रह गरे । 

नाम नराख्ने सर्तमा एक सेवाग्राहीले भने, ‘मेरो सरुवाको पत्र तयार पार्नु छ, तर प्रमुख सचिवज्यू नभइदिएर मलाई समस्या भइरहेको छ । किनकि, त्यो पत्र बनाउने अख्तियारी निमित्तज्यूलाई छैन, जसको कारण मेरो काम रोकिएको छ ।’ प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रमुख सचिव एक साताका लागि बाहिर गएको स्वीकारे गरे । तर अहिलेसम्म कार्यालयमा नआएको उनी बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहुलियत मूल्यमा न्यूरो उपचारको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्री प्रदिप पौडेलले मन्...

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् ...

धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

धनुषा । बसको ठक्करबाट धनुषामा साइकल यात्रीको मृत्यु भएको छ । धनौजी गाउँपालिका–२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा३ख ९०६५ नम्बरको ब...

दसैँ–तिहारको कोसेलीका रुपमा कर्णालीको स्याउ घरघरमा

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।  आयातीत भारतीय र चीनको भन्...

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका...

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न ...

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक...

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।  मंगलब...

दिल्लीबाट काठमाडौं ओर्लिएको विमानमा बमको धम्की, सेनाले खोजतलास गर्दै

काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा ए...

गाजा बन्धकको रिहाईमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

जेरुसेलम । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy