Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

अस्ट्रेलियामा राजा चार्ल्सको विरोध, सिनेटरले गरिन् नाराबाजी

खबरडबली संवाददाता

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ । राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए । यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन् । 

उनले नारा लगाउदै तिमी आफुहरुको राजा नभएको बताएकी थिइन् । सिनेटर थोरपेले भनिन्, 'तिमी हत्यारा हौ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ ।' उनले राजा चार्ल्सलाई आफ्नो भूमि, पुर्खाको हड्डी र कलाकृतिहरू मूल निवासीहरूलाई फिर्ता गर्न आग्रह समेत गरेकी थिइन् । साथै सिनेटर लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै नारा लगाएकी थिइन् । 

राजा चार्ल्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत लुगा लगाएर संसद पुगेकी थिइन् । नाराबाजीपछि सुरक्षाकर्मीले उनीहरुलाई संसदबाट बाहिर निकालेका थिए । संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले अष्ट्रेलियाको औपचारिक प्रमुख राजा रहुन्जेल बेलायती साम्राज्यको विरोध गरिरहने बताइन् । 

उनले अरु देशका राजाले आफुलाई आदेश दिन नसक्ने बताइन् । लिडिया थोरपे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन् । उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन् । सन् २०२२ मा सिनेटरको सपथ लिँदा उनले बेलायती राजालाई 'औपनिवेशिक महामहिम' भनेर सम्बोधन गरेकी थिइन् । यसपछि उनलाई फेरि सपथ लिन भनिएको थियो । 

राजा चार्ल्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा छन् । उनको यो भ्रमणमा उनकी पत्नी रानी क्यामिला पनि साथमा छिन् । अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भएको थियो । तर त्यहाँ संवैधानिक राजतन्त्र कायमै छ । अष्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ ।

यद्यपि, १९९९ जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अष्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए । सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE