Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

ओलीकोे प्रस्तावमा सहमत भएनन् देउवा, दल विभाजन सहज बनाउन अध्यादेश ल्याउने योजनामा ‘ब्रेक’

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस राजनीतिक दल विभाजन गर्न खुकुलो बनाउने गरी अध्यादेश ल्याउन सकारात्मक नभएपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरूलाई विभाजन गर्न सहज बनाउनेगरी अध्यादेशको तयारी गरेका थिए। 

तर, प्रमुख सत्ता साझेदार कांग्रेस त्यसका लागि तयार नभएपछि ओलीले सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थागित गरेका हुन्।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा कांग्रेसको सहमति जुटाउन आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए। 

प्रधानमन्त्री ओलीसहितका एमाले नेताहरूसँगको छलफलमा कांग्रेस सभापति देउवासहितका नेताहरूले पार्टी नेता शेखर कोइरालासहितको सहमति आवश्यक हुने धारणा राखेका थिए।

कोइरालासहितका नेताहरूसँग अध्यादेशका विषयमा कुरा गर्न कांग्रेस सभापति देउवासहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीसहित कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा कांग्रेस नेता शेखर कोइराला भने विराटनगरमा पत्रकारहरुसँग भेटघाट गर्दै थिए। 

र, प्रधानमन्त्री ओली साना राजनीतिक दल विभाजनका लागि सक्रिय भएको जनाउँदै त्यसका लागि राजनीतिक दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याउन तयारी भएको जानकारी दिएका थिए।

अध्यादेश ल्याएर राजनीतिक दल विभाजनलाई सहज बनाएर अध्यादेश ल्याउने कुरा लोकतान्त्रिक शासन व्यवस्थाका लागि सुहाउने विषय नभएको भन्दै आफ्नो सहमति नहुने जनाएका थिए। र, सरकारलाई पनि दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश नल्याउन सचेत गराएका थिए।

कोइरालासहितका नेताहरू राजनीतिक दल विभाजनको अध्यादेशको विपक्षमा उभिएपछि सोमबार मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याउन ओली रोकिएका छन्। र, सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थागित गरेका छन्।

प्रधानमन्त्री ओली राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेपाल नेतृत्वमा रहेको नेकपा एसका साथै उपेन्द्र यादव नेतृत्व पार्टीबाट अलग भएका अशोक राईसहितको समुहलाई बैधता दिने तयारीमा छन्।

त्यसका साथै महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत विभाजन गर्ने रणनीतिमा छन्।

नेपाल नेतृत्वको नेकपा एसका प्रेम आलेसहित पाँच सांसद्को अलगै दल गठनपछि उनीहरूलाई र अशोक राई समुहमा रहेको सात सांसद्को अलग दलको मान्यता दिएर एमालेमा मिसाउने उनको रणनीति छ।

त्यसो गर्दा प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने र अन्य साना दलको अस्थित्व सक्ने रणनीतिमा ओली जुटेको माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बुझाइ छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending