Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

ओलीकोे प्रस्तावमा सहमत भएनन् देउवा, दल विभाजन सहज बनाउन अध्यादेश ल्याउने योजनामा ‘ब्रेक’

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस राजनीतिक दल विभाजन गर्न खुकुलो बनाउने गरी अध्यादेश ल्याउन सकारात्मक नभएपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरूलाई विभाजन गर्न सहज बनाउनेगरी अध्यादेशको तयारी गरेका थिए। 

तर, प्रमुख सत्ता साझेदार कांग्रेस त्यसका लागि तयार नभएपछि ओलीले सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थागित गरेका हुन्।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा कांग्रेसको सहमति जुटाउन आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए। 

प्रधानमन्त्री ओलीसहितका एमाले नेताहरूसँगको छलफलमा कांग्रेस सभापति देउवासहितका नेताहरूले पार्टी नेता शेखर कोइरालासहितको सहमति आवश्यक हुने धारणा राखेका थिए।

कोइरालासहितका नेताहरूसँग अध्यादेशका विषयमा कुरा गर्न कांग्रेस सभापति देउवासहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीसहित कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा कांग्रेस नेता शेखर कोइराला भने विराटनगरमा पत्रकारहरुसँग भेटघाट गर्दै थिए। 

र, प्रधानमन्त्री ओली साना राजनीतिक दल विभाजनका लागि सक्रिय भएको जनाउँदै त्यसका लागि राजनीतिक दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याउन तयारी भएको जानकारी दिएका थिए।

अध्यादेश ल्याएर राजनीतिक दल विभाजनलाई सहज बनाएर अध्यादेश ल्याउने कुरा लोकतान्त्रिक शासन व्यवस्थाका लागि सुहाउने विषय नभएको भन्दै आफ्नो सहमति नहुने जनाएका थिए। र, सरकारलाई पनि दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश नल्याउन सचेत गराएका थिए।

कोइरालासहितका नेताहरू राजनीतिक दल विभाजनको अध्यादेशको विपक्षमा उभिएपछि सोमबार मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याउन ओली रोकिएका छन्। र, सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थागित गरेका छन्।

प्रधानमन्त्री ओली राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेपाल नेतृत्वमा रहेको नेकपा एसका साथै उपेन्द्र यादव नेतृत्व पार्टीबाट अलग भएका अशोक राईसहितको समुहलाई बैधता दिने तयारीमा छन्।

त्यसका साथै महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत विभाजन गर्ने रणनीतिमा छन्।

नेपाल नेतृत्वको नेकपा एसका प्रेम आलेसहित पाँच सांसद्को अलगै दल गठनपछि उनीहरूलाई र अशोक राई समुहमा रहेको सात सांसद्को अलग दलको मान्यता दिएर एमालेमा मिसाउने उनको रणनीति छ।

त्यसो गर्दा प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने र अन्य साना दलको अस्थित्व सक्ने रणनीतिमा ओली जुटेको माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बुझाइ छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending