Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

रवि पक्राउविरुद्ध रास्वपाको आज पनि पोखरामा प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा आज पनि विरोध प्रदर्शनको कार्यक्रमलाई जारी राक्ने भएको छ। 

पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले आज कात्तिक ६ गते मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने जानकारी दिएका हुन्।

रास्वपाले राजनीतिक प्रतिशोध राखेर सरकारले सभापति लामिछानेलाई पक्राउ गरेको दाबी गर्दै आइरहेको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो। 

पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न उनलाई बुटवल लगिने तयारी छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली सरकारको सय दिन- कांग्रेसका नेताहरु किन पोख्दैछन् असन्तुष्टि ?

शेखर कोइराला भन्छन्- सरकारको गतिविधि हेर्दा सन्तोष गर्ने ठाउँ छैन

चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

सुनसरी । नसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उनले बिहानैदेखि फलामको साम...

रवि पक्राउविरुद्ध रास्वपाको आज पनि पोखरामा प्रदर्शन

काठमाडौं । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा आज पनि विरोध प्रदर्शनको कार्यक्रमलाई ज...

कोहलपुरमा र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर...

सभामुखले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकलाई छलफलमा बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हु...

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुल्सीपुरका व्यवसायीको माग

दाङ । दाङको तुल्सीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको ...

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिकाक...

४० रोपनी जग्गामा सयपत्री फूलखेती

दमौली । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान ...

फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी

तनहुँ । जिल्ला सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी रु दुई लाख बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभ...

यस्तो तोकियोे आजका लागि विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy