Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ- मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने- 'बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नु पर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ । कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहिँ कानुनको अभाव त कहिँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एक रुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।' 

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकीर गरे । उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गरे । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको,गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए । साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् ...

धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

धनुषा । बसको ठक्करबाट धनुषामा साइकल यात्रीको मृत्यु भएको छ । धनौजी गाउँपालिका–२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा३ख ९०६५ नम्बरको ब...

दसैँ–तिहारको कोसेलीका रुपमा कर्णालीको स्याउ घरघरमा

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।  आयातीत भारतीय र चीनको भन्...

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका...

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न ...

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक...

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।  मंगलब...

दिल्लीबाट काठमाडौं ओर्लिएको विमानमा बमको धम्की, सेनाले खोजतलास गर्दै

काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा ए...

गाजा बन्धकको रिहाईमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

जेरुसेलम । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्क...

नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी

काठमाडौं । रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कपटी–२० क्रिकेट प्रतियोगितामा मङ्गलबार नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy