Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

वीपी स्मृति कपः भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा

प्रकाश न्यौपाने

भैरहवा ।  ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।

यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ४७ रनको विशाल योगफल बनायो । उसका लागि दीपनक पुनियाले ५८ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रनको शतकीय पारी खेले । यस्तै, दिपान्सु फोरले ६५, विपुलले अविजित २९, एकान्स डोबलले १९ र जस्मित नैनले १३ रनको योगदान गरे । बलिङमा पाकिस्तानको जावेद गोहारका मोहम्मद इश्तियाक अहम्मदले ४ र ऋषभ जोशीले १ विकेट हात पारे ।

२ सय ४८ रनको विशाल लक्ष्यसहित ब्याटिङ गरेको जावेद गोहारले १५ ओभर ४ बलमा ९ विकेटको नोक्सानीमा ९२ रन मात्रै बनाउन सक्यो । अन्तिम विकेट हातमा रहँदा पनि उसले खेल टुंग्यायो । उसका लागि अली हुसेनले ४२, ऋषभ जोशीले २३ र मोहम्मद इश्तियाक अहम्मदले १५ रन बनाए पनि अन्या ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम फाइनल पुग्नबाट चुक्यो । बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट लिए । यस्तै, योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिन सफल भए । खेलमा दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यूले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८८ रनको झिनो स्कोर बनायो । साइक्यूका ब्याटर सेमिफाइनलमा चल्न सकेनन् । उसका लागि एकसले २७, शौरबले १३, सिफत सदीकले १२, मुनिमले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित हुन पुग्यो । बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देहीका बसिर अहम्मदले ३, शाहब आलम र दिपेश कँडेलले २–२ तथा दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान १–१ विकेट हात पारे ।

८९ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रिएको नेक्सस रुपन्देहीले ११ ओभरमा ५ बलमा लक्ष्य पूरा गर्दै सहजै जित निकाल्यो । उसको जितमा शंकर रानाले ४०, विपिन विक्रम शाहीले १५ र मिर्नाल गुरुङले ११ रनको योगदान दिए । बलिङमा साइक्यूका शाहदत रहमान र एकसले १–१ विकेट लिए । खेलमा वसिर अहम्मद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending