Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन् ।

बाइडेन प्रशासनले इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ तर, बाइडेनले इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा पनि समर्थन नगर्ने बताएका हुन् ।

बाइडेनले इरानको आणविक साइटहरूमा आक्रमणले स्थिति बिग्रन सक्ने बताएका हुन् । यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डबाट टाढा रहन चेतावनी दिएको छ ।

बाइडेनले अक्टोबर ४ मा दिएको यसअघिको वक्तव्यमा पनि भनेका थिए, 'यदि म इजरायलको ठाउँमा भएको भए इरानी तेल क्षेत्रमाथि आक्रमण गर्नुको सट्टा अन्य विकल्प सोच्ने थिएँ ।'

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा इरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरेमा हामी पनि तयार रहने र इरानले फेरि एकपटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूले पनि आफ्नो बयानमा भनेका छन्, 'इजरायल र इरानबीच प्रत्यक्ष गोलीबारी बन्द गरिनुपर्छ । हामी लेबनानमा युद्ध अन्त्य गर्न र गाजामा युद्धविराम र इजरायली बन्धकहरूको फिर्ताको प्रयासलाई समर्थन गर्न वार्ताको नेतृत्व गर्न तयार छौं ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

मलद्वारमा लागुऔषध लुकाउने दुई पक्राउ

बिर्तामोड। भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थ...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने, के- के छन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्नेगरी बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक द...

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा न...

टोखा नगरपालिकामा १० रोपनी अतिक्रमित सार्वजनिक जग्गा खाली, अवैध संरचना हटाइयो

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिबद्धता

पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: