उर्लाबारी । आरजु राइस बेलबारी गोल्डकप फुटबलको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा शनिबार भएको फाइनलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै झापाले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै झापाले आठ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता सलहेस सिराहाले चार लाख रुपियाँ पायो । टाइब्रेकरमा झापालाई जिताउन दिनेश उराव, अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे । सलहेशको राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले मात्र गोल गरे । सलहेशका समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाए ।
यसअघि ५०औँ मिनेटमा सलहेशका अजयी मार्टिनले हेड गोल गर्दै अग्रता दिलाए । तर, ७१औँ मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित ९० मिनेटपछि टाइब्रेकरमा पुगेको खेलमा झापा भाग्यमानी बन्यो ।
फाइनल खेलको म्यान अफ दि म्याच अभिषेक गुरुङ भए । उनले पाँच हजार रुपियाँ पाए । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङलाई १० हजार र अन्य खेलाडीलाई जनही सात हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
सलहेशका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको बने । उनले पाँच गोल गरेका थिए । सलहेशकै समीर तामाङले उत्कृष्ट स्ट्रईकरको पुरस्कार स्वरूप सात हजार रुपियाँ पाए । विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलगायतले पुरस्कार प्रदान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: