Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार

खबरडबली संवाददाता

म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।

मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो ।  

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए ।

वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए। मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनले बताए ।

केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताए ।  

विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र/ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । 

आर्थिक वर्ष २०८०–८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ...

वीरगञ्ज नाकाबाट आयात-निर्यात घट्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख ...

सरकारलाई माओवादी खबरदारी सभाको सन्देश- संख्याको बलमा पेल्न नखोज्नू, जनताले सडकमा घिसार्न सक्छन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् ...

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

काठमाडौँ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हा...

आफूखुसी १२ प्रहरी गैरहाजिर, ७ दिनभित्र नआए कारवाही गर्ने चेतावनी

काठमाडौं । आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्...

वर्षाका कारण फूलखेतीमा १५ करोडको नोक्सान

काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण फूलखेतीमा समेत क्षति पुर्‍याएको छ ।  यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।   फुल्न थालिस...

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १...

जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

नवलपुर । नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । गएराती देवचुली नगरपालिका २ दुम्कौलीका धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको...

आईसीसी विश्वकप लिग-२ : आज नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ।  खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित ...

साफ सेमिफाइनल- घरेलु मैदानमा चिर प्रतिद्वन्द्वी भारतसँग भिड्दै नेपाल

साविक विजेता बंगलादेश र भुटानबिच पनि आजै प्रतिस्पर्धा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy