बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुन नसकेको हो ।
जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने पर्यटन मार्गको योजनाले गति नलिएको धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।
प्रस्तावित पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नम्बर ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नम्बर ४ स्थित वर्फानी बाबा, वडा नम्बर ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागीश्वरी मन्दिरलाई समेटिएको छ ।
त्यसैगरी कोहलपुरको कालिका मन्दिर,रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पुर्याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पुर्याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए । ‘जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचार प्रसार र संरक्षण नहुँदा जीर्ण छन्भने आफ्नै गाउँठाउँका धार्मिक पर्यटकीय स्थलको वारेमा जिल्लावासीलाई जानकारी छैन’, अध्यक्ष भुसालले भने, ‘धार्मिक पर्यटकीय क्षेत्रको प्रचार एवं संरक्षण गर्न समिति प्रयासरत छ ।’
पर्यटन मार्ग बनाएर प्रचार प्रसार गर्दा एकैपटक धेरै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकोले यसले पर्यटन प्रवद्र्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवद्र्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । प्रस्तावित पर्यटनमार्गले सहरका आन्तरिक पर्यटकलाई गाउँ– गाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकोले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
बाँकेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन्भने वागीश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ । बाँके क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लाका ऐतिहासिक मठ मन्दिर तथा धार्मिक स्थलको प्रवद्र्धन र संरक्षणका लागि चालु उनले पर्यटनमार्ग निर्माणमा बजेट उपयोग गरिने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...
आषाढ़ ८ गते, २०८३ - ०९:२१
वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...
आषाढ़ ८ गते, २०८३ - ०९:१४
धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...



प्रतिकृया लेख्नुहोस्: