Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

प्रहरीका दुई एआईजी र ८ डीआईजीको पद रिक्त हुँदै, प्रतिस्पर्धामा को–को ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कि डिआईजी किरण राणालाई एआईजी पदमा बढुवा सिफारिस भइसकेको छ। चार दिनका लागि उनी मन्त्रिपरिषदको बैठकबाट एआईजी बढुवा हुनेछिन्। उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा गएपछि एआईजी पद रिक्त हुन्छ।

यसैगरी १७ कात्तिकमा एआईजी रामदत्त जोशी पनि उमेर हदका कारण अवकाशमा जानेछन्। अनि, प्रहरीमा दुई एआईजी रिक्त हुनेछन्।

उनीहरु पछि ६ वैशाख २०८० मा बढुवा भएका डीआईजीहरु पनि एआईजीको प्रतिस्पर्धाको दौडमा रहेका छन् । वैशाख ६ मा बढुवा भएकाहरुबाट कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

उमेर हद सकिएका कारण भरतपुर शिक्षालयमा रहेका नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) राजेशनाथ बास्तोला आइतबारबाट सेवा निवृत्त भएसँगै अब रिक्त पदमा बढुवामा बरिष्ठ उपरिक्षक ९एसएसपी०हरूको तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

राणा र जोशीको ठाउँमा डीआईजी बढुवा भएपछि दुई दरबन्दी रिक्त हुँदैछ। यसअघि नै डीआईजी यज्ञविनोद पोखरेल १४ असोजमा ५६ वर्षे उमे हदका कारण अनिवार्य अवकाशमा गएका थिए त्यसअघि डीआईजी बिष्णुकुमार केसी पनि अनिवार्य अवकाशमा गइसकेका छन्।

रामदत्त जोशी एआईजीमा बढुवा तथा पोषराज पोखरेल अवकाशमा गएपछि पनि डीआईजी पद रिक्त छन्।

अहिले एआईजी बढुवा सिफारिस भएकी राणा १५ कात्तिकमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछिन् । त्यसको २ दिनपछि १७ कात्तिकमा अर्का एआईजी रामदत्त जोशी पनि उमेरहदकै कारण अवकाशमा गएपछि ८ पद रिक्त हुनेछन्।

त्यसपछि बढुवा समितिले डीआईजीका निम्ति गृहकार्य गर्नेछ। त्यसका निम्ति अहिलेदेखि नै प्रतिस्पर्धा र दौडधुप सुरु भइसकेको बताइएको छ।
डीआईजी बढुवाका लागि ती ब्याचका अधिकारीको प्रतिस्पर्धा चर्को छ।

२०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरु ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

यी बाहेक २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

२०५३ को टोलीबाट शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

२०५४ को ब्याचबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीको प्रतिस्पर्धामा छन्।

माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीका १६ उद्योगको लाइन काटियो, व्यवसायीलाई त्रसित बनाएको आरोप

बुटवल । नेपाल विद्युत प्राधिकरणले बुटवल-भैरहवा औद्योगिक कोरिडोरका १६ उद्योगको विद्युत लाइन काटेको छ । महसुल नतिरेको भन्दै प्राधिकरणले यस क्षेत्रका १६ ...

भुटानलाई ७-१ ले हराउदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको ह...

नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?

काठमाडौं । आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो । कारोबार अ...

गौशाला धर्मशाला प्रकरण: मारवाडी समितिद्वारा न्यायिक प्रक्रियामाथि ‘अवहेलना’ गर्दै उच्च अदालतमा रिट

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि कब्जा गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदा...

भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि कारबाहीको चेतावनी

काठमाडौं  । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणाम...

मानवीयताका आधारमा थाई एयर एसियालाई काठमाडौंमै अवतरण अनुमति

काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ । ...

२२१ किलो गाँजासहित एक जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २२१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय...

सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर

काठमाडौँ । सुचनाको हकको कडाईका साथ कार्यान्वयन गर्न संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरीका स्थानीय तहलाई निर्देशन जारी गरेको छ । सूच...

ग्लोबल आइएमई क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा साताब्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चे...

अवतरणको अनुमति म्याद सकिएपछि एयर एसियाको जहाज आकाशमै होल्ड

 काठमाडौैं । अवतरण अनुमति सकिएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । तर, अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy